site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिकट काउन्टर व्यवस्थित हुने, बसपार्कमा मात्र बस रोकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अव्यवस्थित रुपमा सञ्चालनमा रहेका बस टिकट काउन्टरहरु प्रहरीले हटाउने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका र यातायातसम्वद्ध निकायको सहयोगमा अव्यवस्थित बस टिकट काउन्टर हटाइने भएको हो ।

हाल काठमाडौंको कोटेश्वर, कलंकी, गौशाला र सुन्धाराबाट अव्यवस्थित रुपमा बसको टिकट काटिने गरेको छ । सडक सुरक्षा, ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र यात्रु ठगिनबाट बच्ने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारबाट यीलगायत भक्तपुर र ललितपुरका विभिन्न स्थानमा मनपरी ढङ्गले सञ्चालनमा रहेका बस टिकट काउन्टर हटाएर व्यवस्थित गर्ने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ बसपार्कमा विभिन्न व्यवसायीले सपिङ सेन्टर, मल र पसल सञ्चालन गरेकाले पर्याप्त स्थान नभएकाले नयाँ बसपार्कमा सबै बस लैजान नसकेको चालक तथा यातायात व्यवसायीको गुनासो छ । “हामी सम्पूर्ण यातायात व्यवसायी, मजदुर, यात्रु र सबै सडक प्रयोगकर्ताका पक्षमा छौं । यसैले हामीले सबैको सहजताका लागि सडक छेउमै रहेका अव्यवस्थित टिकट काउन्टरलाई उपयुक्त स्थानमा सार्ने भएका हौं,” महाशाखाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले भने, “बसपार्कमा बस राख्ने ठाउँ पुगेन भने कहाँ राख्ने हो हामी तोक्छौं । तर सडकमै बस रोकेर यात्रु चढाउने, ओराल्न पाइँदैन ।”

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख केशवराज भट्टको सक्रियतामा पछिल्लो समय कलंकी चोकमा बस रोक्ने र यात्रु चढाउने, ओराल्ने बसहरुमा कडाइ हुँदै आएको थियो । महाशाखाले यसमा चासो देखाएर सम्बन्धित विभिन्न निकायको सहयोगमा आइतबारबाट काठमाडौं उपत्यकाका सडक छेउमा अव्यस्थित रुपमा सञ्चालनमा रहेका बस टिकट काउन्टर हटाउने भएको हो ।

Global Ime bank

व्यवसायी र मजदुरको साथ छः सिटौला
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अव्यवस्थित रुपमा सञ्चालनमा रहेका बस टिकट काउन्टर हटाउने प्रहरीको कदममा आफूहरुको साथ रहने बताएका छन् । “म नेपालभरका सम्पूर्ण यातायात व्यवसायीहरुका तर्फबाट भन्न चाहन्छु– अव्यवस्थित टिकट काउन्टर हटाउने कदमप्रति हाम्रो सहयोग हुनेछ । तर हामीलाई बस रोक्न र यात्रु चढाउन, ओराल्नका लागि बसपार्क तोकियोस्,” सिटौलाले भने ।

यस्तै यातायात मजदुर संघका अध्यक्ष जगन्नाथ गौतमले नयाँ बसपार्कमा व्यवसायिक मल, सपिङ सेन्टर र पसलहरु सञ्चालनमा रहेकाले बसपार्क केही व्यक्तिको कब्जामा परेको बताए । “नयाँ बसपार्क केही व्यक्तिको कब्जामा परेको छ । उनीहरु नजिकका गाडीका काउन्टर जति पनि राख्न पाउने तर पहुँच नभएका व्यवसायीले बसपार्कमा टिकट काट्नका लागि काउन्टर नै नपाउने जटिल अवस्था छ,” जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाको ध्यानाकर्षण गराउँदै गौतमले भने, “नयाँ बसपार्कमा सहज रुपले काउन्टर सञ्चालन गर्ने व्यवस्था मिलाइदिनूस् । सडक छेउका अव्यवस्थित टिकट काउन्टर हटाउने तपाईंहरुको कार्यमा हाम्रो पनि सहयोग छ ।”

यातायात व्यवसायीहरुले सरकारले बस टिकट काउन्टरका कर्मचारी र बिचौलिया चिनेर त्यहीअनुसारको व्यवहार गर्न पनि आग्रह गरे । “मलाई तपाईंहरुले एसएसपी वसन्त पन्त भनेर चिन्नुहुन्छ, किनभने म युनिफर्म लगाएर हिँड्छु,” टिकट काउन्टरका कर्मचारीले अनिवार्य पोशाक लगाउनुपर्ने बताउँदै एसएसपी पन्तले भने, “अब तपाईंहरुले पनि पोशाक अनिवार्य लगाउनुपर्नेछ । यसका लागि बरु १० दिन लागोस्, १ महिना लागोस् तर टिकट काट्ने र काउन्टरमा बस्ने साथीहरुले पोशाक लगाउनूस् ।”

शुक्रबार (आज) र शनिबार विभिन्न सञ्चार माध्यममा अव्यवस्थित टिकट काउन्टर हटाउनेबारे समाचार, सूचना र जानकारी गराई आइतबारबाट यो नियम पूर्ण रुपमा कार्यान्वयन गराउन मातहतका सबै वृत्त र प्रभागलाई एसएसपी पन्तले निर्देशन दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC