site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ती उजेली, यी वृन्दा
Sarbottam CementSarbottam Cement

काठमाडौं । बच्छलादेवी विद्यालयमा सहरका नयाँ मान्छे पुगे । शिक्षकहरुसँग उनीहरुको गफ चल्यो । सुकिलामुकिला लुगा लगाएका मान्छे आक्कलझुक्कल मात्रै आइपुग्ने भएकाले विद्यार्थीहरु उनीहरुलाई चिहाईचिहाई हेर्थे । यसरी हेर्नेमा वृन्दा अधिकारी पनि थिइन् । 

केही दिनमा वृन्दालाई शिक्षक विनोद लामिछाने लगायतले भने, “वृन्दा, टेली चलचित्र खेल्ने हो ?” सदरमुकामदेखि तीन घण्टा टाढाको माझा गाउँ । कक्षा तीनको पढाई । आठ वर्षको उमेर । के हो टेली चलचित्र ? के थाहा वृन्दालाई ! विनोदले नै भने, “नाटक जस्तै हो । क्यामेराले खिच्ने मात्रै हो ।” सहरबाट आएका मान्छे छन् । त्यो पनि कहिल्यै नचिनेका । बालिका वृन्दालाई खेल्ने–नखेल्ने के थाहा ? 

“बुवालाई सोध्नुपर्छ,” वृन्दाले भनिन् । बुवाको थाप्लोमा हाल्दिइन् निर्णयको जिम्मा । 

Prabhu Bank
Agni Group
NIC Asia

विनोद आफैँ गए वृन्दाका बुवालाई भेट्न । “वृन्दाले गर्ने नाटक मात्रै हो । उनले गरेको नाटक क्यामेराले खिच्ने मात्रै हो । अरु केही फरक छैन,” विनोदले वृन्दाका बुवालाई सम्झाए । “नाटक मात्रै हो भने ठिकै छ नि त, छोरीले मान्छे भने ठिकै छ,” बुवा कन्भिन्स भए । 

काठमाडौंबाट गएका व्यक्ति थिए, युनिसेफका प्रतिनिधि । निर्देशक, क्यामेरा पर्सन रहेछन् । उनीहरुले टेली चलचित्रमा वृन्दाको नाम जुराइदिए–उजेली । वृन्दा उजेली हुने भइन् । 

Global Ime bank

गाउँका अरु पनि उनीसँगै टेली चलचित्र खेल्ने भए । कोही श्रीमान्, कोही साथी, कोही आमा, कोही बुवा, कोही सासु, कोही ससुरा आदि आदि ।

टेली चलचित्र खिच्न सुरु भयो । नाटक जस्तै रहेछ । क्यामेरा त कहिले कुन कुनामा कहिले कुनामा खासै वास्तै नहुने । घरी घरी फेरि दोहोर्याऊ भन्थे, त्यही थियो फरक । नाटकमा बिग्रियो भने सच्याउन नपाइने तर यसमा त सच्याउन पनि पाइने । 
“नाटक एउटा समय देखाए हुने तर यसका लागि कहिले बिहान, कहिले दिउँसो, कहिले बेलुका त कहिले राति बोलाएर खिच्थे,” उनी सम्झिन्छिन्, “योचाहिँ मेरा लागि अनौठो थियो । अरु त म त्यस अगाडि पनि नाटक गर्ने भएकाले खासै त्यस्तो फरक र अनौठो केही लागेको थिएन ।” 

\"\"

दैनिक घरमा जे हुन्थ्यो र जे गर्थिन् त्यही नै गर्न लगाउँथे । त्यसैले पनि उनलाई खासै भिन्न केही लागेन । 

तर उनको नाम परिवर्तन भएको थियो । वृन्दाबाट उजेली भएकी थिइन् । त्यतिमात्रै हो र ? उनको विवाह पनि भयो, शसी शेखर लम्सालसँग । उनलाई बाहुन भन्नुपर्ने । खुट्टा ढोग्नुपर्ने । श्रीमान्लाई जस्तै व्यवहार गर्दाचाहिँ उनलाई निकै लाज लागेको थियो । त्योसम्म पनि ठिकै थियो । “यसको त बिहे भयो नि । यसको बूढो शशी हो नि भनेर साथीहरुले जिस्काउन थाले, त्यति बेला चाहिँ  लाजले भुतुक्कै हुन्थेँ,” उनी २७ वर्ष अगाडि फर्किइन्, “जे नभन्नु भन्ने लाग्थ्यो त्यही भनेर जिस्काउँदा निकै लाज लाग्थ्योे । शशी पढ्ने स्कुल र म पढ्ने स्कुल फरक थियो धन्न ! नत्र झनै जिस्काउने थिए साथीहरुले ।”

‘उजेली’मा गाउँघरमा जस्तो हुन्छ, त्यस्तै देखाइएको छ । बनिबनाउ र काल्पनिक केही छैन । फूलबुट्टा भरिएको छैन । जस्तो हो त्यसैलाई डकुमेन्टेशन गरिएको छ । 

उजेली घरकी कान्छी छोरी । सबैले माया गर्थे । पुलपुलिएकी थिइन् । त्यसैले उनले खासै भाँडा माझ्नु पर्दैन थियो । पानी बोक्न डोकोमा ग्रागी बोकेर घण्टौं हिँडेर खोलासम्म पुग्नु पर्दैैन थियो । गाउँमा भने त्यो समस्या थियो । आँखै अगाडि देखिरहेकाले उनले गरिन् । अफ्ठ्यारो भएन । 

साँझ विहान, दिन रात गरेर दुई महिनामा ‘उजेली’ खिचेर सकियो । खिचेर सकेको केही दिनमा गाउँका दुईतीन ठाउँमा पर्दा राखेर गाउँभरीमा मान्छे बोलाएर ‘उजेली’ देखाइयो । हेर्न परिवारसहित हेरिरहेकी कति ठाउँमा उजेलीलाई राम्रो लाग्यो तर त्योभन्दा धेरै लाज लाग्यो ।

दुई महिना लगातार अभिनय गरेको टेली चलचित्र कति चाँडै सकियो ? उजेलीलाई अचम्म लाग्यो । 

दुई महिना काम गरेको कति पैसा दियो युनिसेफले ? 

\"\"

पैसाको कुरा त वृन्दासँग उनीहरुले गरेका थिएनन् । तर बुवालाई तीन हजार रुपैयाँ दिएका रहेछन्, २७ वर्ष अगाडि आफूले पाएको पारिश्रमिक खुलाउँछिन् उनी । 

पछि टेलिभिजनबाट पनि प्रशारण भयो, ‘उजेली’ । त्यो बेला पनि हेरिन् । हेर्ने जति सबैले राम्रो भने । मख्ख पर्थिन् उनी । 
० ० ०
कक्षा ५ मा पढ्दै गर्दा उनी काठमाडौं आइन् । एसएलसी राम्रै भयो । नर्सिङ पढ्न आफन्तले सुझाए । पढिन् । न्यूरो हस्पिटल बाँसबारीमा ६ वर्ष काम गरिन् । 

‘उजेली’मा अभिनयको त्यत्रो तारिफ पाएकी उनलाई काठमाडौं आएपछि न कसैले अभिनयका लागि बोलाए, न उनले नै त्यो अवसरका लागि खोज गरिन् । नर्सिङमै रमाइन् । 

नर्सिङको विदेशमा राम्रो स्कोप छ भन्ने सुनिन् । कतार पुगिन् । “साँच्चै कति सिस्टमेटिक छ त्यहाँ । हाम्रो नेपालमा कहिले हुन्छ त्यस्तो,” उनी भन्छिन् । 

तीन वर्ष अगाडि उनले साँच्चैको ‘बाहुन’ भेटिन् । विवाह भयो । “८ वर्षको उमेरमा उजेलीमा विवाह हुँदा लाज लागेको थियो । तर साँच्चै अहिले विवाह हुँदा लाजभन्दा पनि तनाव र चटारोले नै पिरोल्दोरहेछ,” उनले सम्झिइन्, “पर्दामा भएको बिहे साँच्चै बिहे हुँदा चटारोले सम्झिदा पनि सम्झिँदोरहेनछ ।”

२७ वर्षपछि, एक दिन युनिसेफको पेजमा उनले फेरि ‘उजेली’को भिडियो देखिन् । युनिसेफले आफ्नो फेसबुक पेजमा सेयर गरेको रहेछ । 

“त्यसपछि मलाई पत्रकारहरुले फोन गर्न थाल्नुभयो । अन्तर्वार्ता लिन आउन थाल्नुभयो । मेरो अभिनयको तारिफ गर्दै समाचारहरु आउन थाले,” उनी नोस्टाल्जिक हुन्छिन्, “२७ वर्षपछि मैले त्यसबेला गरेको कामको फेरि एकपटक मूल्यांकन र चर्चा भयो ।” टिकटकमा उनको भिडियो बन्न थाले । फेसबुक र युट्युबमा उनका समाचार बाक्लै आए । 

\"\"

अहिले उनलाई अभिनयको अफर आउन थालेका छन् । एउटा म्युजिक भिडियोमा उनले अभिनय पनि गरिन् । अहिले एउटा टेलिसिरियलको तयारीमा छिन् उनी । 

“नर्सिङ पेशा छोडेर अभिनयमा मात्रै त लाग्दिन तर केही राम्रो अफर आए काम भने गर्नुपर्छ भन्ने सोचमा छु,” उनी भन्छिन् । 

बाल विवाह विरुद्ध अवाज उठाउने ‘उजेली’मा उजेली अथवा मुख्य पात्रको भूमिकामा वृन्दा अधिकारी छिन् भने उनको श्रीमान् (बाहुन)को भूमिकामा शशी शेखर लम्साल रहेका छन् । स्क्रिनप्ले र संवाद  दीपेन्द्र गौचन र कुवेर गर्तौलाको छ भने कथा तथा निर्देशन दीपेन्द्र गौचनको छ । 

तस्बिर/भिडियोः सरिता खड्का

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC