site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा पहिलोपटक बर्डफ्लु भाइरसबाट मानिसको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पहिलोपटक बर्डफ्लुबाट एकजनाको मृत्यु भएको छ । २१ वर्षे एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । मन्त्रालयले मृतककाे नाम भने खुलाएकाे छैन । 

ती युवा गत चैत १० गते रुघाखोकी र ज्वरो आएर अस्पताल भर्ना भएका थिए । भोलिपल्ट चिकित्सकले घाँटीको र्‍याल परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उपचारकै क्रममा चैत १५ गते युवकको मृत्यु भएपछि उक्त स्याम्पल पुनः परीक्षणका लागि जापान पठाइएको र भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले जानकारी दिइन् । मृतकको परिवारका सबै सदस्यको नमुना परीक्षणका लागि  जापान पठाइएको उनले बताइन् । 

नेपालमा बर्डफ्लु भाइरसबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । 

Global Ime bank

मन्त्रालयले बर्डफ्लूको संक्रमणबाट एक जनाको ज्यान गएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले सो रोगबाट बच्न पशुपंक्षीको मासु राम्रोसँग पकाएर खान तथा रोग लागेका उनीहरुसँग टाढा रहन आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC