site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अबको ५० वर्षपछि फेसबुकमा जिवित भन्दा मृतहरुको अकाउन्ट धेरै हुन्छ !
Ghorahi CementGhorahi Cement

एजेन्सी । अबको ५० वर्षपछि फेसबुकमा जिवित भन्दा मरेकाहरुको अकाउन्ट बढी हुने अक्सफोर्ड इन्टरनेट इन्स्च्युटले जनाएको छ । २०१८ मा प्रयोगकर्ताहरुको स्तरलाई आधार मान्दा सन् २१०० मा १.४ अर्ब फेसबुक प्रयोगकर्ताको मृत्यु हुने हुँदा सन् २०७० सम्ममा मृतहरुले फेसबुक अकाउन्टको सङ्ख्यामा जिवित मानिसहरुलाई हराउने अनुसन्धानकर्ताहरुले बताएका हुन् । 

सोसल नेटवर्क अहिले वार्षिक १३ प्रतिशतले बढ्दै गएको छ र यही दरमा वृद्धि हुँदै जाने हो भने यो शताब्दी अन्त्य हुनु अगाडि नै मृत प्रयोगकर्ताहरुको सङ्ख्या ४.९ अर्ब पुग्ने बताइएको छ । अनुसन्धानका प्रमुख नेतृत्वकर्ता कार्ल ओह्मन भन्छन्, “यसरी यी तथ्याङ्कहरुले मृत प्रयोगकर्ताहरुका डाटामा कसको अधिकार हुनेछ भन्ने नयाँ र जटिल प्रश्न खडा गरेको छ । त्यस्तै मृतकका परिवार र साथीभाइलाई ध्यानमा राख्दै उनीहरुको हितमा त्यस्ता अकाउन्टहरु कसरी व्यवस्थित गर्ने भन्नेमा पनि विवाद उठ्नेछ भने भविष्यका इतिहास विद्हरुले विगतलाई बुझ्न ती डाटाहरुको प्रयोग गर्न पाउने नपाउने बारे पनि कुरा भइरहेको छ ।”

Agni Group

यसअघिको इतिहासमा कहिल्यै पनि यति ठूलो सङ्ख्यामा मानव व्यवहार र संस्कृति सम्बन्धी जानकारी यसरी एकैठाउँ संकलित भएका छैनन् । “त्यसैले यिनलाई नियन्त्रण र संरक्षण गर्नु हाम्रो इतिहासलाई नियन्त्रण गर्नु हो,” अर्का अध्ययनकर्ता डोभिड वाट्सन बताउँछन् । 

यसरी ती डाटाहरुको सदुपयोग र आगामि पिढीका लागि कसरी संरक्षित राख्न सकिनेछ भन्नेबारे ध्यान दिन जरुरी रहेको विश्लेषकहरु बताउँछन् । त्यसैगरी सबै व्यक्तिगत जानकारी र डाटाहरुसम्मको पहुँच फेसबुक कम्पनीलाई मात्र दिने कुरा पनि विवादित रहेको छ । 

Global Ime bank

यसरी फेसबुकले पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताइएको छ । केही समय अगाडि मात्र फेसबुकले मृत प्रयोगकर्तालाई जन्मदिनको शुभकामना दिने, पार्टी वा कुनै समारोहमा इन्भाइट गर्ने लगायतलाई रोक्न आफ्नो विभिन्न परिवर्तन ल्याएको थियो । 

यसलाई ‘मेमोरिअलाइज’ भनिन्छ जसमा प्रयोगकर्ताको मृत्यु भइसकेको थाहा भए उनका साथीभाइले सो अप्सन प्रयोग गर्न सक्नेछन् । यसले सो प्रोफाइलमा अरु मानिसहरुलाई लग–इन गर्नबाट बचाउँछ । त्यस्तै फेसबुकले मृतकका परिवारलाई उनीहरुले चाहेमा तिनको प्रोफाइल डिलिट गर्न पनि अनुमति दिने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC