site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीडीओ नै गाउँमा पुगेर नागरिकता वितरण
Ghorahi CementGhorahi Cement

दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले दुर्गम मानिएको अपि हिमाल गाउँपालिका पुगेर नागरिकता वितरण गरेका छन् । सदरमुकाम खलङ्गाबाट दुई दिनको दूरीमा पुगिने अपि हिमाल गाउँपालिकामा तीन दिनमा ३५० नागरिकता वितरण गरेका हुन् ।

स्थानीयलाई नागरिकताकै लागि जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य गर्न उहाँ आफैँ गाउँ पुगेर नागरिकता वितरण गरेका हुन् । एकीकृत घुम्ती शिविरमार्फत् उनले अपि हिमाल गाउँपालिकाका स्थानीयलाई नागरिकता वितरण गरेका छन् । जसअनुसार गाउँपालिकाभरिका २२७ ले नयाँ नागरिकता लिएका छन् भने १११ ले नागरिकताको प्रतिलिपी लिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।

Agni Group

अपि हिमाल गाउँपालिकासम्म सडक सञ्जालले जोडिएको छैन । सडक सञ्जालमा नजोडिएको दुर्गम क्षेत्रका स्थानीयले गाउँमै नागरिकता पाएपछि खुशी भएका छन् । “दुर्गम क्षेत्रबाट खलङ्गा आउँजाउँ गर्दा दशौँ हजार खर्च हुन्छ । त्योभन्दा हामी आफैँ दुःख गरेर भए पनि गाउँमा नागरिकता वितरण गर्न आएका छौं”, उनले भने, स्थानीय सरकारले गाउँमै सेवा पुर्‍याएको बेला संघीय सरकार पनि गाउँमै पुगेर जनताको सेवामा लागेका छन् ।” 

नागरिकता लिनेमा युवा समूहका बढी छन् । अपि हिमाल गाउँपालिकाका छवटै वडाका स्थानीयवासीको शिविरमा भीड लागेको छ । "प्रमुख जिल्ला अधिकारी नै गाउँ पुगेर नागरिकता वितरण गरेको यो पहिलोपटक हो", अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले भने । स्थानीय सरकारको आग्रहलाई स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारीसहितको टोली अपि हिमाल पुगेर नागरिकतालगायतका सार्वजनिक सेवा दिएका छन् । 

Global Ime bank

नागरिकता वितरण कार्यक्रममा अपि हिमाल गाउँपालिका–५ का देउमति ठगुन्नाले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाउनुभएको छ । हालसम्म नेपाली नगारिकता पाउनबाट वञ्चित भएका ठगुन्नाले गाउँमै प्रमुख जिल्ला अधिकारी विष्टबाट नागरिकता पाएको हो । 

यस्तै अपि हिमाल गाउँपालिका ४ का ९० वर्षीय वीरभान ठेकरे र ९० वर्षीया विसु टमटाले पनि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएका छन् । वर्षौदेखि नागरिकता झुत्रो भएको तथा फोटो समेत नदेखिने हुँदा समस्या थियो, गाउँमै शिविरपछि आफन्तको सहयोगमा नागरिकताको नयाँ प्रतिलिपि पाए उनीहरुले बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC