site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतको चुनावमा कालोधन प्रयोगले रेकर्ड तोड्यो !
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतको आमचुनावमा कालोधनको प्रयोगले पुरानो रेकर्ड तोडेको छ । यसबाट निर्वाचनमा कालोधन र लागूऔषधमा नियन्त्रण हुने सरकारी घोषणा असफल हुन पुगेको छ ।  चुनाव आयोगले अनेक उपाय अवलम्बन गर्दा पनि सफलता नमिलेको बताइएको छ । चुनावताका रक्सी र ड्रगको अधिक प्रयोगले सरकारको चिन्ता थपिदिएको छ । 

चुनाव आयोगका अनुसार २६ अप्रिलसम्म देशभर ३००० करोड रुपैयाँभन्दा बढी जफत गरिएको छ । निर्वाचनको सुरुआती चरणमै पैसाको प्रभाव बढेको देखेपछि आयोगले कडाइ गरेको थियो । सबैभन्दा ठूलो चिन्ताको विषय त के हुन गएको छ भने, चुनावमा कालोधनको प्रभाव दैशैभरि परेको छ । 

Agni Group

चुनाव आयोगले उम्मेदवार तथ राजनीतिक दलमा खर्च गर्ने अधिकारी पाएका व्यक्तिको लेनदेनजस्ता कुरामा समेत कडा निगरानी गर्न आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको थियो । 

भारतमा प्रत्येक संसदीय क्षेत्रमा राज्यको तर्फबाट एक उम्मेदवारले ५० देखि ७५ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउँछ । तर, यस पटक करोडौं खर्च भएको र ठूलो राशि जफत गरेपछि भारतमा खर्चबारे एक पटक पुनःसमीक्षा गर्नु आवश्यक देखिएको छ । 

Global Ime bank

यस्तो खर्च मे १९ सम्म पुग्दा १० हजार करोडसम्म पुग्न सक्ने अनुमान गरिएको छ । हालसम्म जफत भएको रकमले नै कालोधनको प्रयोग यो परिमाणमा पुग्ने अनुमान गरिएको हो ।  एक गैरसरकारी संस्था (आईएनजीओ) को रिपार्टअनुसार यस पटक भारतको आमचुनावमा एक लाख करोड रुपैयाँभन्दा बढी खर्च हुने अवस्था छ । यो रकम भनेको कुनै पनि निर्वाचनमा संसारमै सबैभन्दा बढी खर्च हो । 

निर्वाचनको समयमा ब्लाकमनी तथा अवैध रकमविरुद्ध कारवाही गर्ने सवालमा चुनाव आयोग र जाँच एजेन्सीबीच विवाद भएको थियो । यो विवाद त्यतिखेर सुरु भयो, जतिखेर आयकर विभागले मध्यप्रेदमा काङ्ग्रेस र तमिलनाडुमा डीएमकेका नेताका घरमा छापा मा¥यो । छापा मारेपछि आयोगले सबै जाँच एजेन्सीहरुलाई राजनीतिक रुपमा निष्पक्ष कारबाही गर्न स्वीकृति दियो । त्यसपछि आयकरले पनि आफ्ना तर्फबाट गरिएको कारबावहीलाई पूर्ण रुपमा उचित बताएको थियो । पछि गएर आयोगले जाँच एजेन्सीले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको थियो । 

हालसम्म आयोगले गरेको जफतमा– नगद ७८५.२६ करोड, रक्सी २४९.०३८ करोड, लागूऔषध १२१४.४६ करोड, सुन ९७२. २५३ करोड, धुस दिन राखिएको सामान ५३. १६७ करोड गरी ३२७४. १८ करोड रुपैयाँ रहेको छ । सन् २०१४ मा सम्पन्न आमचुनावमा ३ अर्ब अवैध रकम जफत गरिएको थियो ।   
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC