site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जन्मजात अपाङ्गता : रोकथामको आवश्यकता र उपाय  

बच्चामा जन्मजात हुने अपाङ्गता विश्वव्यापी समस्याका रूपमा रहेको भए पनि यसको दुष्प्रभाव विकासोन्मुख मुलुकमा बढी देखिएको छ । विश्व स्वास्थ संगठनको अनुमानअनुसार तीनदेखि छ प्रतिशत बालबालिका जन्मदै पूर्ण वा आंशिक आनुवंशिक समस्याका कारण जन्मजात अपाङ्गता लिएर जन्मन्छन् ।

जन्मजात अपाङ्गता रोकथाम तथा व्यवस्थापनसम्बन्धी क्षेत्रमा काम गर्ने अमेरिकी संस्था मार्च अफ डाइम्सद्वारा प्रकाशित एउटा प्रतिवेदनअनुसार नेपालमा अनुमानित ५.९ प्रतिशत जन्ममा जन्मजात अपाङ्गता देखिन्छ ।

ठूलो संख्यामा बालबालिका, गर्भवती महिला र तिनको परिवारले गर्भावस्थामा अपनाउनुपर्ने सावधानी नअपनाउँदा, मध्यपान तथा धुम्रपान गर्ने, आयोडिनको कमी, रुबेला तथा भिरिङ्गीको संक्रमण हुनेजस्ता कारणले पनि उल्लेख्य संख्यामा  बच्चामा जन्मजात अपाङ्गता हुनेगर्छ । जन्मजात अपाङ्गता एउटै परिवारका सदस्यबीचमा गर्भधारण भएको अवस्थामा पनि उच्च हुनेगरेको पाइएकोछ ।

Prabhu Bank
Agni Group
NIC Asia

अपाङ्गता जन्मजात हुन्छ र जन्मपछि पनि विकसित हुने गर्छ । जन्मजात हुने र पछि विकसित हुने अपाङ्गता धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । विश्वव्यापी अनुमानअनुसार करिब ४० प्रतिशतभन्दा बढी जन्मजात हुने अपाङ्गता रोकथाम गर्न सकिन्छ ।

अपाङ्गता रोकथामको सबैभन्दा महत्वपूर्ण पक्ष मातृशिशु सुरक्षा र स्यहार नै हो । गर्भधारण गर्नुअगाडि दम्पतीले बच्चा पाउने योजना गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।

Global Ime bank

यसरी गर्भाधारण गर्ने विचारपश्चात गर्भवती हुनुभन्दा ठीक तीन महिना पहिलेदेखि दम्पती दुवैले फोलिक एसिड खान थाल्ने हो भने मेरुदण्डमा आउने समस्याहरू रोक्न सकिन्छ ।

गर्भावस्थामा खाइने आइरन चक्कीको नियमित सेवन पनि जन्मजात अपाङ्गताको रोकथामका उपायमा पर्छ ।
यसैगरी  बच्चा जन्मिने  क्रममा चिकित्सकीय सेवा र सुविधा उपलब्ध नभई लामो प्रसव प्रक्रिया हुँदा  बच्चालाई मस्तिष्क पक्षघात हुन्छ ।

त्यसैले गर्भमा बच्चा रहनेबित्तिकै  गर्भावधिमा गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गरी कम्तीमा ४ पटक पूर्वप्रसव परीक्षण गराउने र गर्भमा बच्चाको अवस्था हेरी बच्चा कहाँ जन्माउने भन्ने निर्धारण गर्नु उचित हुन्छ । बच्चाको जन्म चिकित्सकीय सेवा र सुविधा उपलब्ध भएको स्थानमा हुनु आमा र बच्चा दुवैको स्वास्थ्यको लागि सबैभन्दा राम्रो हुन्छ । 
पोषण र अपाङ्गता पनि एक अर्कामा जोडिएका छन् । गर्भवती हुँदा आमा कुपोषित भए जन्मने बच्चा पनि कुपोषित हुन्छ । शिशु अवस्थामा पर्याप्त पोषण नहँुद र जन्मजात कुपोषित हुँदा  बच्चाको शाारीरिक तथा मानसिक वृद्धि कम हुने, बच्चामा बौद्धिक अपाङ्गता हुनेजस्ता समस्या हुन्छन् ।  
बच्चा जन्मिएपछि दिनुपर्ने खोप नियमितरूपमा दिनुपर्छ ।

बच्चा जन्मिएको ६ साता, १० साता र १४ सातामा पोलियो थोपा तथा खोपका कारण पोलियोका कारण हुने शाारीरिक अपाङ्गता निर्मूलप्रायः भएको हामी सबैले देखेका छौँ । 
जन्मजात हुने अपाङ्गता रोकथाम कार्यक्रमले अपाङ्गता भएको बच्चा जन्मिन रोकथाम मात्र गर्ने होइन मातृ तथा शिशु मृत्यु दर रोक्न पनि उत्तिकै मद्दत गर्छ ।  त्यसैले यो मातृ शिशु स्वास्थको एउटा महत्वपूर्ण पाटो पनि हो ।

आज विश्वव्यापीरूपमा तेस्रो विश्व जन्मजात अपाङ्गता रोकथाम दिवस मनाइरहँदा  जनस्वास्थका क्षेत्रमा कार्यरत सबैलाई जन्मजात हुने अपाङ्गता रोकथाम कार्यक्रमलाई एउटा छुट्टै कार्यक्रमका रूपमा मात्र नहेरी मातृ शिशु स्वास्थको एउटा अभिन्न अंगका रूपमा लिएर अगाडि बढ्नुपर्छ ।

साथै  गर्भवती महिला, उनका पति र परिवारले पनि गर्भावस्थाको  गम्भीरता र महत्व बुझी समयमै स्वास्थ परामर्श लिने, पौष्टिक आहार खाने, नसा सेवन नगर्ने, कुनै पनि प्रकारका औषधि सेवन गर्दा स्वास्थकर्मीको परामर्शमा मात्र गर्ने र  बच्चा पाउने बारेमा दम्पतीका बीचमा सल्लाह गरी योजनाबद्धरूपमा गर्भाधारण गर्ने अभ्यासले जन्मजात अपाङ्गता घटाउनेमात्र हैन, आमा, गर्भमा आउने बालक र जन्मिएको शिशुको जीवन रक्षा र स्वस्थ जीवनको प्रत्याभूतिसमेत गर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC