site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तनहुँमा मजदुर दिवसको नारा : ‘पार्टी फोर्न पाइँदैन’
Sarbottam CementSarbottam Cement

पोखरा । मे १ को अवसरमा बुधबार देशभर मजदुर दिवस मनाइँदैछ । ‘संसारका मजदुर एक हौँ’ भन्ने नारासहित मजदुर संघर्षको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । तर, तनहुँमा भने मजदुर दिवसको दिन ‘संसारका मजदुर एक हौँ’ नभई ‘पार्टी फोर्न पाइँदैन्’ भन्ने नारा घन्कियो । यो नारा कांग्रेसको जागरण अभियानको ठिक एक हप्ता अघि मजदुर दिवसमा कार्यकर्ताहरुले लगाएका हुन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा कार्यकर्ताहरुले नारामात्र फरक होइन, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बोर्ड पनि च्यातेका छन । पञ्चेबाजाको धुनमा नेपाली कांग्रेसकै कार्यकर्ताले नाराबाजी गर्दै भर्‍याङ चढेर बोर्ड मिल्काए, अनि नारा लगाए- ‘पार्टी फोर्न पाइँदैन' । माइकमा भने ठूलो आवाजमा ‘श्रमको सम्मान गरौँ’ भन्ने नारा लगाइएको थियो ।
नाराबाजी गर्ने र ब्यानर च्यात्ने नेपाली कांग्रेसकै कार्यकता हुन् । तनहुँमा कांग्रेसका दुई नेताको टकराव मजदुर दिवसमा थप चर्किएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेल पक्षधर कार्यकर्ताहरुले कांग्रेसको समानान्तर कमिटीको ब्यानर र बोर्ड च्यातेका हुन् । समानान्तर कमिटी गएको पुसमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले गठन गरेका थिए । 

कांग्रेसले अर्को हप्तादेखि पहिलो चरणको जागरण अभियान पनि थालनी गर्दैछ । पहिलो चरणमा देशका ७७ वटै जिल्लामा जागरण अभियान चलाउने र तेश्रो चरणसम्म वडा तहमै पुग्ने कांग्रेसको अभियानको पूर्वसन्ध्यामा तनहुँ भने फेरि एकपटक दुई ठूला नेताका कारण कांग्रेसमा  तरंग ल्याएको छ ।

Global Ime bank

तनहुँ कांग्रेस तरंगित हुनुको मुल कारण पौडेल र जोशीबीचको विवाद हो । यो विवाद प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनताका छताछुल्ल भएको थियो । एउटै निर्वाचन क्षेत्रका दुई नेतामध्ये प्रतिनिधीसभा सदस्यको टिकट पौडेलले पाए पनि जित्न भने सकेनन् । टिकट नपाएपछि पौडेललाई हराउन लागेको भन्दै जोशी साधारण सदस्य समेत नरहने गरी पार्टी कारबाहीमा परेका छन् ।

जोशीले तनहुँमा समानान्तर कमिटी गठन गरेपछि पौडेल पक्षका कार्यकर्ताहरुले मजदुर दिवसमा रिस पोखेको जोशी पक्षधर एक नेताले बताए । पौडेल पक्षको पार्टी छिन्नभिन्न बनाएको आरोप छ । उनीहरुले एउटै पार्टी हुनुपर्ने माग गरेका छन् ।

तनहुँ कांग्रेसका सचिव विश्व बास्तोलाले तेह्रौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिले नै मान्यता पाएको हुँदा समानान्तर समितिको अर्थ नहुने बताए । निर्वाचित समिति हुँदाहुँदै अर्को पार्टीको बोर्ड राख्न नहुने भनेर कार्यकर्ताहरुले स्वस्फूर्त बोर्ड फालेको हुनसक्ने उनले बताए ।

तस्बिर श्रोत : प्रकाश अधिकारी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC