site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
स्मार्टफोन बिक्रीमा हुवावेले पछार्‍यो एप्पललाई, सामसङ पहिलो स्थानै
Sarbottam CementSarbottam Cement

सनफ्रान्सिस्को । चिनियाँ कम्पनी हुवावेले स्मार्टफोन बजारमा कडा प्रतिष्पर्धा गर्दै पहिलो त्रैमासिकमा एप्पललाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको छ । कोरियाली कम्पनी सामसङ अहिले पनि पहिलो नम्बरमै छ । 

इन्टरनेसनल डेटा कर्पोरोसन (आईडीसी) को सुरुआती आँकडाअनुसार, यो वर्षको पहिलो त्रैमासिकमा संसारभर ३१.०८ करोड स्मार्टफोन बिक्री भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.६० प्रतिशत कम हो । स्मार्टफोनको वैश्विक बिक्रीमा गिरावट आएको यो लगातार छैटौं त्रैमासिक हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हुवावे मजबुत हुँदै गए पनि सन् २०१९ स्मार्टफोन बिक्रीका हिसाबले कमजोर हुने अनुमान आईडीसीको रहेको छ । उता, सामसङको बिक्री ८.१० प्रतिशत घटेर ७.१९ करोडमा ओर्लिएको छ । यति हुँदाहुँदै पनि सामसङ अहिले पनि स्मार्टफोन बिक्री गर्ने कम्पनीमा पहिलो नै रहेको छ । 

हुवावेको स्मार्टफोन बिक्री ५०.३० प्रतिशतको सानदार वृद्धिसँगै ५.९१ करोडमा उक्लिएको छ । यही वृद्धिसँग हुवावेले एप्पललाई पछाडि पारेको हो । उता, एप्पलको बिक्री ३०.२० प्रतिशत घटेर ३.६४ करोडमा सीमित हुन पुगेको छ । स्मार्टफोन बिक्रीमा आएको यो सुस्तताले उपभोक्ता पुरानो छाडेर नयाँ लिन निकै लामो समय सोच्न थालेको आईडीसीको भनाइ छ ।  एएफपी 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC