site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'संविधानप्रतिको प्रतिबद्धता इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस्\'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानप्रतिको आफ्नो प्रतिबद्धतालाई कामबाट प्रमाणित गर्न सुझाव दिएका छन् । सोमबारबाट सुरू भएको संघीय संसदको चौथो अधिवेशनमा दलीय प्रतिनिधिका रुपमा शुभकामना मन्तव्य दिँदै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई वर्तमानको कामबाट संविधानप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न सुझाव दिएका हुन् ।
 
‘‘प्रधानमन्त्री संविधानप्रतिको तपाईको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस्,’’ उनले भने, ‘‘मेरो तपाईलाई यही शुभकामना छ ।’’ सभापति देउवाले संघीय, लोकतान्त्रिक, गणतन्त्र, समावेशी राजनीतिलाई अझ पुष्ट बनाएरमात्रै समृद्धि सम्भव भएको पनि जिकिर गरे ।
 
देउवाले ओली नेतृत्वको सरकारले १४ महिनाको अवधिमा जनतालाई देखाउन लायक र आशा जगाउने एउटा पनि काम सम्पन्न गर्न नसकेको टिप्पणी गरे ।  ‘‘आज मुलुकभर निराशा व्याप्त छ । यस्तो निराशा हामी सबैका लागि घातक हुन सक्छ । सबैभन्दा गहिरो रुपमा यो कुरालाई प्रधानमन्त्रीले आत्मसात गर्नु पर्दछ’’ उनले भने । 
 
देउवाले लोकतन्त्रलाई कमजोर पारेर, प्रेस स्वतन्त्रतामाथि अतिक्रमण गरेर, संसदलाई भूमिकाहिन बनाएर, प्रदेश र स्थानीय तहका सरकारको संविधान प्रदत्त अधिकारलाई संकुचित गरेर समृद्धि सम्भव नभएको पनि स्मरण गराए । ‘‘हुकुमी शासन र तानाशाही व्यवस्थामा विकास सम्भव छैन, विगतको हाम्रो अनुभव यही हो,’’ उनले भने, ‘‘श्री ३ र श्री ५ ले विगतमा आफूमा सबै अधिकार केन्द्रित गर्दा विकासको यात्रामा हाम्रो मुलुक झनझन पछि पर्‍यो ।’’ 

देउवाले प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरणलगायतका कार्यालय प्रधानमन्त्री कार्यालयमा ल्याउने कार्य संघीयताको मर्म र भावना विपरित रहेको जिकिर गरे । उनले सेना परिचालनको अधिकार आफू मातहत ल्याउने प्रधानमन्त्री ओलीको निर्णयको परिणाम प्रत्यूपादक हुनेसमेत चेतावनी दिए । ‘‘राष्ट्रिय सुरक्षा परिषदलाई निर्णय प्रक्रियाबाट अलग पारेर सेना परिचालनको अधिकार सम्पूर्ण रुपमा प्रधानमन्त्रीमा केन्द्रित गरेर अधिकार त हातमा आयो भन्ने लाग्ला । तर परिणाममा यो प्रत्युत्पादक हुनेछ’’ देउवाले भने । उनले सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रित गरेर चाँडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विगत सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैंले सम्पन्न गरेको हुँ भनी झुटा प्रचार गर्ने बाहेक वर्तमान सरकारले उल्लेखनीय काम गर्न नसकेको दाबी गरे । ‘‘विगतमा मेरो नेतृत्वको सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैंले गरेको हुँ भनी तामझामका साथ प्रचार गरेर भ्रम छर्ने बाहेक सरकारले केही सफलता प्राप्त गर्न सकेको छैन्’’ उनले दाबी गरे ।
 
उनले सरकारले अहिलेसम्म कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी पत्ता लगाउन नसकेको भन्दै आपत्ति जनाए । ‘‘निर्मला पन्तका बलात्कारीलाई सरकारले फेला पार्न सकेको छैन् । आम जनतामा सरकारको नियतप्रति आशंका उब्जिएको छ’’ देउवाले भने । सरकार मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको उनको भनाइ थियो ।
 
कांग्रेस सभापति देउवाले बारा र पर्साका हावाहुरी प्रभावितलाई सरकारले राहत र पुर्नस्थापनाको व्यवस्था गर्न नसकेको भन्दै तत्काल राहत प्रदान गरेर पुर्नस्थापनाको व्यवस्था गर्न माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC