site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै, उजुरीको छानबिन सुरु हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिमा परेका उजुरीका बारेमा चालिने कदमको विषयमा छलफल हुने छ । 

विभिन्न जिल्लाहरुबाट सिफारिसमा परेका उजुरीका बारेमा छलफल गर्न बैठक बस्न लागेको समितिका संयोजक भीष्मराज आङदम्बेले जानकारी दिए । गत चैत २४ बसेको केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीतका गतिवधिमा संलग्न नेता–कार्यकर्ताको नाम सात दिनभित्र उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिहरुलाई पत्राचार गर्ने निर्णय गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अनुशासन समितिमा गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका झण्डै चार सय व्यक्तिको नाममा उजुरी परेको छ । 

‘‘आज (आइतबार) देखि उजुरी हेर्छौ । पहिले (रमेश रिजालको संयोजकत्वमा गठित समिति) र अहिले गरी चार सय उजुरी परेका छन् । उजुरी परेका मध्ये विधानले चिन्नेलाई विधानतह र विधानले नचिन्ने उजुरीलाई प्रमाणका आधामा कारबाही अगाडि बढ्छ,’’ केन्द्रीय अनुशासन समितिका संयोजक आङदम्बेले भने । 

Global Ime bank

समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य रहेका छन् । यसअघि नेता रमेश रिजालको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले एक सय ५४ जनालाई स्पष्टीकरण सोधेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC