site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बन्द भएको जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नयाँ दिल्ली । वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स कम्पनी जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् ।  प्रहरीका अनुसार ५३ वर्षीय शेलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको ती वर्षदेखि पेटको क्यान्सरबाट पीडित रहेका थिए । 

पछिल्ला चार महिनामा उनको हालत खराब हुँदै गएको थियो । प्रहरीका अनुसार सिंहलाई यो वर्षको मार्चबाट तलब प्राप्त भएको थिएन । उनी अस्पतालमा भर्ना भएका थिए । गएको शुक्रबार उनलाई अस्पतालबाट घर लगिएको थियो । सोहीदिन उनले घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । 

शैलेसका जेठा छोरा पनि जेट एयरमा नै काम गर्थे । उनले पनि तलब पाएका थिएनन् । जेट एयरका थुप्रै कर्मचारी तलब नपाएर अहिले तनावमा रहेको बताइएको छ । जेट एयरमा समश्या आएपछि कर्मचारीले आत्महत्या गरेको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC