site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुलामञ्चका बनाइएका सटर डोजर लगाएर भत्काइयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खुलामञ्चमा बनाइएका सटर काठमाडौं महानगरपालिकाले भत्काएको छ ।  खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार (आज) डोजर लगाएर भत्काएको  हो । 

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काएको हो । डीएसपी बासुदेव खतिवडाको नेतृत्वमा नेपाल प्रहरीले सुरक्षा दिएको थियो । सटर भत्काउन डोजरसहित महनगरपालिका पुग्दा सकैले पनि अवरोध गरेन । 

Prabhu Bank
Agni Group
NIC Asia

खुला मञ्चमा सटर निर्माण गरिएको भन्दै चौतर्फी विरोध हुँदै आएको थियो । केही दिन अगाडि सटर भत्काउन माग गर्दै प्रदर्शनसमेत भएको थियो । 

प्लाई र जस्तापाताले बेरेर खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो ।

Global Ime bank

 महानगरपालिकाले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सलाई काठमाडौं भ्यूटावर निर्माण गर्न सहमति दिएपछि खुलामञ्च अतिक्रमणको क्रम सुरु भएको स्थानीयले बताउँदै आएका छन् । जलेश्वरले खुलामञ्चमा भाडा लिएर अरु व्यवसायीलाई सटर सञ्चालन गर्न दिएको स्थानीयको आरोप छ । 

महानगरपालिकाका पब्लिक प्राइभेट पाटर्नरसिप शाखा प्रमुख ध्रुब काफ्लो अनुसार जलेश्वरले खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, चमेनागृह, औषधी पसल र दुईवटा शौचालय, प्रतीक्षालय, गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको थियो । तर सोही सहमति कुल्चिएर जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सले भाडा लिएर खुलामञ्चमा ५१ वटा पसल सञ्चालन गराएको थियो । 

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका व्यवसायी मनोज भेटवालले   महिनाकै १ देखि २ लाखसम्म भाडा लिएर सटर र पसल सञ्चालन गर्न दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC