site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यती एयरले भित्र्यायो चौथो एटीआर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यती एअरलाइन्सले आफ्नो विमान संख्या तथा सेवा विस्तार गर्ने क्रममा शुक्रबार चौथो एटीआर ७२–५०० विमान भित्र्याएको छ । उत्पादन क्रम संख्या एमएसएन ७५४ तथा नेपाली रजिष्ट्रेशन नं. ९ एन–एएनसी रहेको उक्त विमान बैंककबाट उडेर दिउँसो साढे १ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

भिजिट नेपाल २०२० वर्षमा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने विश्वास यति एअरलाइन्सले लिएको छ ।  एटीआर ७२–५०० फ्रान्सेली–इटालियन कन्र्सोटियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । 

एटीआर ७२–५०० दुई प्राट एण्ड व्हिट्नी पीडब्ल्यु १२७ इन्जिनहरुद्धारा संचालित रहेको कम्पनीले जनाएको छ । यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो र यतीसँग हाल एटीआर ७२–५०० बाहेक बीएई सिष्टम को जे४१ विमान ५ वटा र भगिनि संस्था तारा एअरको दुईवटा डोर्नियर र चार वटा डीएचसी६ ट्विनअटर विमानबाट नेपालको सबैभन्दा ठूलो हवाई संजालबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC