site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआरजीः अ पर्फेक्ट इन्ट्रि लेभल कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । टाटाको प्यासेन्जर भेइकल परिवारको सबैभन्दा नयाँ उत्पादन हो ‘टाटा एनआरजी’ । टाटाले नेपालको सबैभन्दा ‘कान्छो कम्प्याक्ट यसटिलिटि भेइकल’ भनेको एनआरजी एसयुभीबाट प्रेरित सीयूभी भएको जनाएको छ ।

यसमा १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन दिइएको छ जसमा ५ स्पिडको म्यानुअल ट्रान्समिसन उपलब्ध छ । यो कठिन सडकमा कार्यसम्पादन गर्न सक्षम कार हो यसको ग्राउन्ड क्लियरेन्स १८० एमएमको छ भने कठिन सडकका लागि विशेष सस्पेन्सन जडित छ । यसमा इन्टेलिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली पनि छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एनआरजीको एक्सटेरियर बेजोड छ । बलियो साइड प्रोफाइल, अद्वितीय वृत्ताकार ह्विल आर्कले हाइलाईट गरिएको एनआरजी टेलगेट र कडा स्किडप्लेटसहित मस्कुलर फिनिस दिइएको छ । यसमा ड्युल टोन ४–स्पोक डुरएलोय चक्का छ भने रूफ रेलसँग इन्फिनिटी ब्ल्याक रूफ रहेको छ ।

क्यानोयन अरेन्ज हाइलाइट्ससँग कालो एक्टिभ इन्टेरियरले उपभोक्तालाई विशेष आकर्षित गर्दछ । यसमा बडीलाई समेट्ने अद्वितीय डेनिम प्रेरित फेब्रिक भएको बोल्स्टेर्स सिट, कुल्ड ग्लोभ बक्स तथा २ सय ४२ लिटर स्पेस भएको ठूलो बुट रहेको छ ।

Global Ime bank

यसको इन्फोटेनमेन्ट सिस्टमलाई हर्मन स्मार्ट ५ इन्च टचस्क्रिनले पूर्ण बनाएको छ जसमा थ्रीडी नेभी नक्साको नेभिगेसन उपलब्ध छ । उत्कृष्ट अकस्टिक अनुभव उपलब्ध गराउनका लागि हर्मन टीएमको उच्च स्तरीय ८ वटा स्पिकर (४ वटा स्पिकर र ४ वटा ट्विटर) प्रणाली  जडित एनआरजीमा मिडिया, रेडियो र फोनका लागि भ्वाइस कमान्ड उपलब्ध छ ।

इन्ट्रि लेभलको एनआरजीले विकसित सुरक्षा फिचरलाई ध्यान दिएको छ । डुयल फ्रन्ट एयरब्याग, इबीडी र कर्नर स्टेबिलिटि कन्ट्रोल भएको एबीएस, पार्किङ सेन्सर, बलियो बडी र क्याबिन, रियरस्मार्ट वाइपर, फलो–मी–होम बत्ती यसमा रहेको छ ।
स्तरीय डिजाइन र प्रविधिका कारण एनआरजी एनआरजी पूर्ण रूपमा नयाँ कथा निर्माण गर्न सक्षम छ ।

यो कार मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरी तीनवटा आकर्षक रंगमा उपलब्ध छ । नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा एनआरजी काठमाडौंको शोरुममा पेट्रोल संस्करण २९ लाख ५५ हजार रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध गराएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC