site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धरान फुटबल क्लब काकरभिट्टा गोल्डकपको क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

विराटनगर । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबलअन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले काठमाडौँको च्यासल युथ क्लबलाई  १–० गोल  अन्तरले पाखा लगाउँदै क्वाटरफाइन प्रवेश गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्णयका लागि ८१ औँ मिनेट पर्खनु परेको थियो । धरानका मिलन राईले मैदानको मध्य भागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो । राईले धरानका लागि विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट सिगंल खेल्दै सानदार गोल गरेका थिए ।

च्यासल विरुद्ध रक्षात्मक खेलेको धरानका मिलन राईले ६६ औँ मिनेटमा डी एरियाबाट गरेको प्रहार बार नजिकैबाट बाहिरीयो । ७५ औँ मिनेटमा धरानका विदेशी खेलाडी अनिफोसेले च्यासलका गोलरक्षक दिनेश थापा मगर बीट भइसकेको अवस्थामा गरेको प्रहार आकाशियो । 

Global Ime bank

निर्धारित ९० मिनेटभरी च्यासलले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि उसले गरेका एक दर्जन जति प्रहार गोलमा परिणत हुन सकेका थिएनन् । च्यासलमा २ वटा सशक्त प्रहार पोष्ट बारमा लागेर फर्किए भने अन्य प्रहारले सहि दिशा लिन सकेन । खेलको २० मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्किएको थियो । २१ औँ मिनेटमा ओइमीकै अर्काे प्रहार पोष्ट नजिकैबाट बाहिरीएको थियो । २२ औँ मिनेटमा च्यासलका अर्का विदेशी खेलाडी अर्मान्ड व्युडनले डी एरियाबाट गरेको प्रहार धरानका गोल रक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । 

लगातार विपक्षीको आक्रमण बेहोरेको धरानले त्यसपछि सम्हालिने प्रयास गरे पनि अग्रपक्ति फितलो हुँदा स्कोर गर्न सकेको थिएन । खेलको ८४ औँ मिनेटमा च्यासलका ओएमीले गरेको प्रहार पोष्टमा लागेर बाहिरीदाँ खेलमा बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो । 

खेलको म्यान अफ द म्याच खेलमा एक मात्र निर्णायक गोल गर्ने धरानका मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । उनलाई एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले पुरस्कार प्रदान गरेका थिए । शनिवारको पहिलो क्वाटर फाइनल खेल आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र संकटा क्लब काठमाडौँबीच हुने आयोजक क्लबका सचिव अशोक राईले बताए । 

प्रतियोगिताको विजेता टीमले नगद १० लाख १ हजार र उप विजेता टीमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC