site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एएफसी छनोटमा नेपालको लजास्पद हार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लजास्पद हार बेहोरेको छ । समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग ११–१ को लजास्पद हार बेहोरेको हो । म्यानमारस्थित मन्डलाथिरि रंगशालामा अष्ट्रेलियाले पहिलो हाफमा ६ गोल गर्दा दोस्रो हाफमा ५ गोल थपेको थियो । पहिलो हाफको अन्तिम समयमा १ गोल फर्काएको नेपालले दोस्रो हाफमा भने केही सम्हालिएको प्रदर्शन गरेको थियो । 

डिफेन्सको एकपछि अर्को गल्तीले चौथो मिनेटबाट नै गोलको शिकार भएको नेपाल एकपछि अर्को गल्तीले लजास्पद हार ब्यहोर्न पुग्यो । नेपालका तर्फबाट १ गोल रेखा पोडेलले गरेकी थिइन् । पहिलो हाफ सकिन केही सेकेण्ड बाँकी रहँदा रेखाले अग्रता घटाउन प्रयास गरेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रशिक्षक हरीओम श्रेष्ठले राष्ट्रिय टोलीबाट खेलिसकेका पाँच खेलाडीलाई मैदान उतारेका थिए । तर अपेक्षाअनुसारको प्रदर्शन गर्न टोली सफल भएनन् । त्यसो त अष्ट्रेलिया बलियो प्रतिद्वन्द्वी हो । नेपाल भन्दा फिफा बरियतामा अष्ट्रेलिया ९७ स्थान माथि छ । नेपाल १ सय ३ तथा अष्ट्रेलिया ६ औं स्थानमा रहेको छ । 

पहिलो खेलमा निकै खराब प्रदर्शन गरेको नेपालले अब समूहको अर्को खेलमा आइतबार  घरेलु टोली म्यानमारको सामना गर्नेछ । यस्तै अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ । दुइ समूहका बिजेता र उपबिजेता थाइल्याण्डमा हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछन् । 

Global Ime bank

यसअघि गत कात्तिकमा थाइल्याण्डमा भएको पहिलो चरणमा नेपालले भारत र पाकिस्तानमाथि जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । घरेलु टोली थाइल्याण्डसँग हार ब्यहोरेपनि नेपाल उत्कृष्ट उपबिजेता भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC