site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मनमोहनद्वारा विकासको नयाँ मोडल सुरू : प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरू गरेको बताएका छन् । 

पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ । 

Agni Group

मनमोहनले सुरू गरेको आफ्नो गाउँ आफैँ बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल,सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानूनी राज सुरू गर्नुभयो ” प्रधानमन्त्री ओलीले भने, “उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।”

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुई खाले चलखेल सुरू भएको बताए । “उहाँले ति समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन” प्रधानमन्त्री ओलीले भने, “उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौतामार्फत द्वन्द्वको समाधान गर्‍यौं र राजतन्त्र सदाका लागि विदा गर्‍यौं ।”

Global Ime bank

प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यति बेलै धेरै काम गर्न खोजेको बताए । “उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पूरा गर्छौं ” प्रधानमन्त्री ओलीले भने ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC