site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शैक्षिक संस्थामा हुने अभद्र व्यवहारविरुद्ध प्रहरीको राष्ट्रव्यापी अभियान, प्रार्थनामै प्रहरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । विद्यालय, क्याम्पसललगायतका शैक्षिक संस्थाहरुमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानीका घटनाहरु रोकथामका लागि नेपाल प्रहरीले नयाँ कार्यक्रम ल्याएको छ ।

‘समुदाय-प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गरी शुक्रबारदेखि शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानीविरुद्धको अभियान सुरू गरेको हो । प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा २ नम्बर प्रदेश जनकपुरमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रुपमा अभियानको घोषणा गरे । 

खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको धारणा व्यक्त गरे । शैक्षिक वातावरणमा हुने कुनै पनि प्रकारका अभद्र व्यवहार तथा हैरानीका सम्भावनालाई रोकथाम गरी बालबालिकाको सिकाई र विकासको आदर्श वातावरण तयारका लागि अभियान सुरु गरिएको खनालले बताए । ‘‘स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी राख्दैन । यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढ्छौं", खनालले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समुदाय-प्रहरी साझेदारीको अवधारणा र विकासको औचित्यबारे जानकारी गराए । पछिल्लो समयमा देखिएका अपराधको प्रवृतिको बारेमा चर्चा गर्दै उनले सामाजिक विचलन, विकृति र विसंगति सुरक्षा व्यवस्थापनको चुनौतिको रुपमा देखा परेको दाबी गरे ।

शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानीविरुद्धको अभियान कार्यान्वयनको लागि नेपाल प्रहरीले शैक्षिक सत्रको प्रारम्भमै वैशाख-जेठ महिनाभर हरेक विद्यालयहरुमा पुगी समुदाय र विद्यालयहरु समेतको साझेदारीमा विभिन्न कार्यक्रम गर्नेछ ।

Global Ime bank

यस्ता छन्, प्रहरीले गर्ने कार्यक्रम

विद्यालय र कलेज प्रशासन र प्रहरी-विद्यालय सम्पर्क समितिका सदस्य (छात्र, छात्रा) तथा कक्षागत मनिटरहरुको सक्रियता र साझेदारीमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

सबै विद्यालयरकलेज (मेडिकल, ईञ्जिनियरिङ्ग अध्ययन संस्थाहरुमा समेत) का सूचना पाटीहरुमा प्रहरी प्रधान कार्यालयबाट निर्माण गरिएको जनचेतना मुलक पोष्टर टाँस्ने ।

बिहानीको प्राथना सभामा स्वयं प्रहरीको उपस्थितिमा विद्यार्थीहरुबाट जनचेतनामुलक जानकारी वाचन गर्ने ।

अन्तरक्रियात्मक प्रवचनहरु सञ्चालन गर्ने ।

शिक्षक र अभिभावकहरुमा समेत पर्चा, पम्प्लेट वा समुदाय-प्रहरी साझेदारीको अवधारणाले निर्दिष्ट गरेका अन्य माध्यमहरुबाट सचेतना अभिवृद्धि गर्ने ।

छात्राहरु लक्षित हिंसा तथा साइबर अपराधको बारेमा समेत सचेतना अभिवृद्धि गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC