site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि, विश्वको पहिलो मलेरियाविरुद्धको भ्याक्सिनले लाखौँ बालबालिकाको ज्यान बचाउन सक्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । अफ्रिकाका करिब चार लाख संवेदनशील बालबालिकाहरुलाई मलेरिया विरुद्धको विश्वकै पहिलो सुइ प्रदान गरिने निर्णय भएको छ । यसलाई चिकित्सा क्षेत्रको एकदमै ठूलो उपलब्धिका रुपमा व्याख्या गरिएको हो । मलेरियाको भ्याक्सिन निर्माण गर्ने परियोजना विश्व स्वास्थ्य संगठनको ठूलो स्तरको प्रोजेक्ट रहँदै आएको छ ।

यस्तोमा सबैभन्दा प्रभावित क्षेत्र मालावी, केन्या र घाना गरि तीन अफ्रिकी देशका बालबालिकाहरुमा यो सुइको पहिलो प्रयोग गरिने बताइएको छ जसले लाखौँ बालबालिकाको ज्यान बचाउनेछ । मालावीमा अहिले नै दुई वर्ष मुनिका बालबालिकाहरुलाई सुई लगाउने कार्यक्रम थालिएको छ भने घाना र केन्याले चाहिँ आगामी हप्तादेखि नै सुरु गरिने जानकारी दिएका छन् । सबै देशका स्वास्थ्य मन्त्रीहरुले यसको प्रयोग कहाँ गर्ने भनेर निर्धारण गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

सो सुइले रोगबाट आशिंक सुरक्षा दिलाउन सक्ने बताइएको छ । परीक्षणका क्रममा यसले मलेरियाका दश मध्ये चारजनामा सफलतापूर्वक काम गरेको पाइएको थियो । विश्व स्वास्थ्यका निर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले पत्रकार सम्मेलनमा भने, “हामीले पछिल्लो १५ वर्षमा झुल लगायत अन्य उपायहरुबाट मलेरिया नियन्त्रण गर्नमा धेरै सफलता हासिल गरिसकेका छौँ । तरपनि हामीले सोचेजति प्रगति भइरहेको छैन र कति स्थानहरुमा त यी उपायहरुले काम गर्न छाडिसकेका छन् । त्यसैले यसलाई पुनः नियन्त्रणमा ल्याउन नयाँ समाधानहरु आवश्यक छ र यो सुईको विकासले चिकित्सा क्षेत्रलाई नयाँ आशा दिलाएको छ । यो मलेरिया भ्याक्सिनले वास्तवमै हजारौँ बालबालिकाहरुको ज्यान बचाउन सक्छ ।”

मलेरिया एउटा परजीवी रोग हो जुन लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यसको रोकथाम गर्न सकिन्छ तर उपचार योग्य भएपनि यसले वार्षिक चार लाख ३५ हजारको ज्यान लिने गरेको छ । जसमध्येमा पनि पाँच वर्ष भन्दा मुनिका बालबालिका यसको प्राणघातक असरको सबैभन्दा जोखिममा रहेको विश्व स्वास्थ्य संघको भनाइ छ । डब्लुएचओका अनुसार यसले हरेक दुई मिनेटमा एउटा बच्चाको ज्यान लिने गरेको छ । यस किसिमका प्रायः मृत्युहरु अफ्रिकामा हुने गरेको पाइन्छ । त्यहाँ वार्षिक दुई लाख ५० हजारले यही रोगका कारण ज्यान गुमाउने गरेका छन् ।  

Global Ime bank

‘आरटिएस,एस’ वा ‘मस्क्वीरिक्स’ नामले चिनिने सो सुई सन् १९८७ मै बेलायतमा निर्माण गरिएको थियो र वर्षौँसम्म परीक्षणको क्रममा रहेको थियो । यस्तोमा तीस वर्षको लगातार मिहिनेत र प्रयासपछि मात्र यसमा यत्तिको उपलब्धि हासिल गर्न सकिएको छ । सो सुइको चार डोज रहेको छ जसमा तीन डोज पाँच र नौ महिनाका बीच लगाउनुपर्ने हुन्छ भने चौथो डोज चाहिँ दुई वर्षको हुँदा दिइने बताइएको छ । यसले पूर्ण रुपमा भएपनि ४० प्रतिशतसम्म सुरक्षित राख्न सक्ने हुँदा अफ्रिका लगायत अति प्रभावित देशहरुमा लाभदायक हुने बताइएको छ । यसरी यो सुईबाट अधिकतम फाइदा लिन सबै बालबालिकालाई चारैवटा डोज पूरा गरिनुपर्ने डब्लुएचओले बताएको हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC