खेल
एजेन्सी । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले राजस्थान रोयल्सलाई जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो । कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए ।
यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४/१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।
कोलकत्ताले १० खेलबाट ८ अंक जोडेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६ २२:२०
प्रतिक्रिया दिनुहोस्