site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भिडियो कलबाटै देशभरका नगरपालिकासँग सहकार्य र समन्वय
Ghorahi CementGhorahi Cement

पोखरा । ‘मेयर साब नमस्कार !’ 
उताबाट पनि जवाफ एउटै आयो ।

सम्बोधन गर्ने व्यक्ति थिए, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र जवाफी सम्बोधन गर्ने धुलिखेल नगरपालिकाका मेयर अशोक बेञ्जु । झन्डै २३० किलोमिटर टाढाका यी दुई स्थानीय तहका प्रमुखहरु शुक्रबार नजिकबाट भिडियो कलमा जोडिएका थिए ।

धुलिखेलका मेयर बेञ्जुलाई पोखराका मेयरले सोधे, "स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बित्यो, निर्वाचनपछि नगरपालिका संघ के गर्दै होला ?" नगरपालिका संघका केन्द्रीय अध्यक्षसमेत रहेका बेञ्जुले जवाफ फर्काए, "संविधानले दिएको अधिकार प्रयोग गर्दै राजनीतिक काम गर्देछौँ, अब संस्थागत सदृढिकरण र अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने काम गर्छौँ ।"

Agni Group

बिहिबार मेयर टु मेयर संवादको अंश हो यो ।

नेपाल नगरपालिका संघले देशभरका नगरहरुसँग समन्वय र सहकार्य गर्न भिडियो कन्फेरेन्स प्रविधी सुरू गरेको छ । सोही प्रविधीको प्रयोगबाट धुलिखेलका मेयर र पोखराका मेयरले समस्या साटासाट गरे । संघले कानून नबनाउँदा हलो अड्किएकोमा दुबै मेयर सहमत थिए ।

Global Ime bank

भिडियो कन्फेरेन्स संवादको क्रममा पोखराका मेयरले कानूनहरु नबनेको, संघ, प्रदेश र स्थानीय निकायहरुबीच सहकार्य नभएको आशय व्यक्त गरे । उता, धुलिखेलका मेयरले काम हुँदै गरेको भन्दै आशावादी रहेको बताए । 

उनीहरुको कुरा सुन्दा स्पष्ट हुन्थ्यो, "स्थानीय निकायहरु अहिले पनि पूर्णरुपले काम गर्ने अवस्था छैनन्, कतै कानून नै छैनन, भएका कानून पनि कार्यान्वयनमा आएकै छैनन् ।" 
भिडियो संवाद कक्षको उद्घाटन गर्दै पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले अब देशभरका महानगरसँग समन्वय गर्न यो कक्ष प्रयोग गरिने बताए । उनले महानगरमा पनि भिडियो संवादलाई प्रयोगमा ल्याइने जानकारी दिए । 

नगरपालिका संघ नेपालका प्रमुख कार्यकारी अधिकत कलानिधी देवकोटाले बढी काम गरेको र बढी जानेको नगरपालिकाले कम जानेको नगरपालिकालाई सिकाउन यो प्रविधी प्रयोग गरिने बताए । 

पोखरा महानगर गण्डकीको पैरवी केन्द्र

नगरपालिका संघले पोखरा महानगरलाई गण्डकी प्रदेशको ‘पैरवी केन्द्र’ तोकेर महानगरमा भिडियो कन्फ्रेन्स कक्ष पनि संचालनमा ल्याएको छ । महानगरले यसमा ४ लाख ३० हजार खर्चिएको छ । यो कक्षमा अमेरिकी सहयोग पनि छ ।

काठमाण्र्डौ लिभिङ ल्याब्सले यसको प्राविधिक पक्षको जिम्मा लिएको छ । सो कक्षबाट आवश्यक परेको बेला देशैभरका नगरपालिकासँग प्रत्यक्ष भिडियो संवाद र अन्तरक्रिया गर्न सकिनेछ । अहिले देशमा ६ वटा महानगरपालिका-११ वटा उपमहानगरपालिका र २ सय ७६ नगरपालिका रहेका छन् । उनीहरुको छाता संगठन हो, महानगरपालिका संघ । 

महानगरका वडाहरु एप्समा

महानगरका सबै वडाहरुको नक्सा अब एउटै एप्लिकेसनमा भेट्न सकिन्छ । महानगरले बिहिबार सार्वजनिक गरेको नयाँ नक्सामा पोखरामा भएका अस्पताल, होटल, विद्यालयलगायत विविध जानकारीहरु समेटिएका छन् ।

 यो महानरले निकालेको दोस्रो नगर नक्सा हो । नक्सा बनाउन अमेरिकी सहयोग तथा महानगर र काठमाण्डौं लिभिङ ल्याब्सको सहकार्य रहेको छ । नक्सामा भएका सबै विषयहरुलाई ‘पोखरा एक्सप्लोर एम्सबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । मेयर मानबहादुर जिसीले महानगरवासीलाई प्रविधीको प्रयोगबाटै सेवा प्रवाह गर्न लागिएको जनाए ।

पोखरा एक्सप्लोर एप्स एन्ड्रोइड एप्लिकेसन प्रयोग भएका मोवाइलबाट हेर्न सकिने छ । महानगरकी सूचना प्रविधि अधिकृत शर्मिला गौतमले जनाइन् । उनले यो एप्समा भएका सूचनाहरु गलत भएमा प्रयोगकर्तालाई सच्याउने सुविधा भएको जानकारी समेत दिइन् ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले नगरबासीले महानगरले ल्याएको प्रविधिको उपयोग गरेमा मात्र कामको सार्थकता हुने बताए । उनले अबको जमाना ‘टच टु फाइण्ड’अर्थात छोएर आफूले चाहेको कुरा पाउने भएकोले महानगरले त्यतातर्फको यात्रा तय गरेको दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC