site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महिन्द्रा स्कर्पियो पिकअपः कम मूल्यमा प्रिमियम सुविधा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सवारीको बनोट र त्यसमा भएको सुविधाअनुसारको उपयोग पनि भिन्दा भिन्दै हुने गरेको छ । सबै सेगमेन्टका सवारीको आ–आफ्नै विशेषता हुन्छन् । त्यो मध्येको एउटा सेगमेन्ट हो पिकअप, जसलाई स्मल ट्रक पनि भनिन्छ । पिकअप सेगमेन्टको गाडीलाई लाइट कमर्सियल भेइकलको रुपमा समेत हेरिने गरेको छ ।

पछिल्लो समय सवारी उपभोक्ताहरुको रोजाइमा कम्प्याक्ट एसयूभी, एसयूभी बढी पर्न थालेको छ । विगतमा सेडान कार धेरैको रोजाइमा पथ्र्यो । सहरी क्षेत्रमा रहने उपभोक्ताहरुले ह्याचब्याक र सेडान रोज्ने गरे पनि अफ रोडमा जाने उपभोक्ताको रोजाइमा एसयूभी वा पिकअप पर्ने गरेको छ ।

नेपालका अधिकांश बाटोहरु ग्रामिण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी पिकअपमा सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यक्तिगत प्रयोजनदेखि परियोजनासम्मका लागि पिकअप उपयोगी सवारी हो । पिकअप गाडीका सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामान सहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको हो । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको एक हो “महिन्द्रा स्कर्पियो पिकअप ।”

स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । यो इन्जिनले १ सय ४० एचपी पावर र ३ सय २० एनएम टर्क दिन्छ ।

Global Ime bank

नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो ।

डबल क्यापमा उपलब्ध पिकअप तीन मोडल एस ६ टूह्वील ड्राइभ, एस ६ फोरह्वील ड्राइभ  र एस १० छ । एस १० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोल लगायत विशेषता रहेको अग्नी इनकर्पोरेटेड भेइकल सेल्स डिपार्टमेन्टका एक्जुकेटिभ सिनियर म्यानेजर रोसन श्रेष्ठले बताए ।

नेपाली बजारमा यो पिकअप विभिन्न चार रंगमा उपलब्ध रहेको छ । सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषता रहेका छन् ।

नेपाली बजारमा पिकअप सेगमेन्टमा प्रतिस्पर्धा बढ्दै गएको श्रेष्ठको भनाई छ ।

स्कर्पियो पिकअपको मुख्य प्रतिस्पर्धीको रुपमा टाटा द जेनोन र इसुजु रहेको छ । स्कर्पियो पिकअपको शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन् । काठमाडौंमा मात्र पाँच स्थानमा रहेको कम्पनीले जनाएको छ । स्कर्पियो पिकअप ३५ लाखदेखि ४० लाख ८० हजार रुपैयाँसम्म रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC