site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी पूर्वउपराष्ट्रपतिद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाका पूर्वउपराष्ट्रपति जोए बिडेनले सन् २०२० मा हुने निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उनी एक शसक्त नेता मानिन्छन् । अत्यन्त अनुभवी र  जनतामाझ लोकप्रिय ७६ बर्षीय नेता विडेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि नै देखिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उनले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताएका छन् । “देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” उनले ट्वीटरमा लेखेका छन् । 

उनले थप स्पष्ट पार्दै लेखेका छन्, “त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।”

Global Ime bank

अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय जीवन बिताएका विडेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गरेका छन् । 

उनले पूर्वराष्ट्रपति वाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गरेका थिए । आगामी सन् २०२० को निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र छ ।

The core values of this nation… our standing in the world… our very democracy...everything that has made America -- America --is at stake. That’s why today I’m announcing my candidacy for President of the United States. #Joe2020https://t.co/jzaQbyTEz3

— Joe Biden (@JoeBiden) April 25, 2019

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC