site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टिभीएस मोटरसाइकल तथा स्कूटरका डिलरको भेलाको लक्ष्य- \'एक घर एक टिभीएस\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभरका डिलरहरुको एक भेला आयोजना गरेको छ । १ घर १ टिभीएस नारा दिइएको उक्त भेलामा टिभीएस मोटरसाइकलतथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता रहेको थियो ।

यही वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवास्थित टाइगर रिसोर्टमा आयोजना गरिएको उक्त भेलाको एकमात्र उद्देश्य १ घर १ टिभीएसको लक्ष्य प्राप्तीका लागि ग्राहकहरुलाई स्थानीय रुपमा गाउँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तोसुकै समस्याको समाधान २४ घण्टा भित्रमा गर्ने सम्बन्धमा डिलरहरुलाई अझ बढी संवेदनशील ढंगका साथ अघि बढाउन आवश्यक रहेको औंल्याइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष टिभीएसको बिक्रि ४० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ । नेपाल सरकारको विभिन्न निकायका साथै एनजिओ, आइएनजिओ, तथा प्राइभेट सेक्टरहरुमा अत्यधिक माग हुँदै आएको टिभीएस बाइक तथा स्कूटरहरु सबै उमेर समूह र हर परिस्थितका सडकहरुको लागि उपयुक्त सावित भएको जनाइएको छ । नेपालको नम्बर एक ब्राण्ड बनाउने सिलसिलाअन्तर्गत नै १ घर १ टिभीएसको लक्ष्य लिइएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । 

उनले भने, "हामी हाम्रो बिक्री रेकर्ड अझ सुधार गर्न चाहन्छौं र टिभीएस प्रति ग्राहकहरुले देखाएको रुचीलाई सम्मान गर्दै यसको सेवा विस्तार गर्न लालायित छौं । हामीलाई विश्वास छ, यो डिलर भेलाले तपाईं हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न अभिप्रेरित गर्नेछ ।"

Global Ime bank

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका १०० सीसीदेखि ३१० सीसीसम्मका विभिन्न टिभीएस मोटरसाइकल तथा स्कूटरहरु नेपालमा उपलब्ध छन् । ग्राहकहरुको उत्कृष्ट रोजाइमा पर्न सफल यी मोटरसाइकल तथा स्कूटरहरुमा कम्पनीले ५ वर्षको वारेन्टीका साथ-साथै स्पट एक्स्चेन्ज सुविधा, १ घण्टे द्रूत सेवा र अन्य धेरै सर्भिसहरु उपलब्ध गराएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC