site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एक वर्षमा चारपटक प्रदेशसभा अवरुद्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक बैठक अवरुद्ध भएको छ । बजेटका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलको धारणा, स्थायी राजधानीका विषयमा मुख्यमन्त्रीको जवाफ, निर्मला हत्याकाण्ड र डा गोविन्द केसीको सत्याग्रहको विषयलाई लिएर प्रदेशसभा अवरुद्ध भएको थियो ।

२०७५ असार ४, साउन १३, माघ १८ र माघ २२ गते विपक्षी नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन भएको थियो ।  “संसदमा विपक्षी दलको सहभागिता विना संसद सञ्चालन गर्न सहज वातावरण हुँदैन, विपक्षीको अवरोध भएपछि प्रदेशसभा स्थगन हुन्छ,” प्रदेश नं ५ को प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले भने । नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य डिल्ली चौधरीले प्रदेशसभा अवरुद्ध भएपछि धेरै विषय सम्वादबाट समाधान भएको उल्लेख गर्दै अझै पनि प्रदेशको अधिकार कटौतीको विषयमा संयुक्त छलफल गरिरहेको जानकारी दिए ।

प्रदेश नं ५ को प्रदेशसभामा अहिलेसम्म ७० वटा बैठक बसेको छ, जसले ३३ वटा विधेयक पारित गरेको छ । ती बैठकमध्ये २२ पहिलो अधिवेशनमा, दोस्रो अधिवेशनमा २८ र तेस्रो अधिवेशनमा ३० बैठक प्रदेशसभाको भएको छ । विसं २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक भएको थियो । प्रदेशसभामा पाँच दलका ८७ जनामध्ये एक जना प्रदेशसभा सदस्यको मृत्युपछि ८६ सदस्य छन् । यसमध्ये नेपाल कम्युनिष्ट पार्टीका ६०, नेपाली काङ्ग्रेसका १९, सङ्घीय समाजवादी फोरम नेपालका पाँच र राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय जनशक्ति पार्टीका एक एक प्रदेशसभा सदस्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC