site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जलवायु परिवर्तनले हिमाली जिल्लामा पनि भेटिए औलोका बिरामी
Sarbottam CementSarbottam Cement

काठमाडौं । गर्मीका समयमा तराईका जिल्लाहरुमा बढी देखिने औलो रोग पछिल्लो समय हिमाली र पहाडी जिल्लामा पनि देखिएको पाइएको छ । इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण हिमाली जिल्ला मुगु र बाजुरामा औलो रोग बिरामी देखिएको जनाएको छ । आर्थिक वर्ष २०७४-०७५ को साउनदेखि बैशाखसम्म ९ सय जना औलो रोगका बिरामी फेला परेकामा सबभन्दा बढी मुगुमा देखिएको बताइएको छ ।

इपिडिमियाीेलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले औलो रोगको उच्च जोखिममा ४९ जिल्ला  रहेको बताए । “तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव, कार्यक्रम हेर्न सम्बन्धित व्यक्तिको व्यवस्थापनमा अन्योल, औलोको बिरामीहरुको समयमा निदान तथा उपचार गर्न नसकिएको र समयमा रिर्पोटिङ नहुँदा जोखिम बढीरहेको छ”, उनले भने, “ औलो मुक्त हुन चुनौती छ । तर आर्थिक वर्ष २०७४-०७५ मा एकजना पनि औला रोगका कारण मृत्यु भएको छैन् । आर्थिक वर्ष २०७३-०७४ मा तीनजनाको औलो कारण मृत्य भएको थियो ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गर्मी मौसम  सुरु भएसँगै एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो देखिने बताए । “संक्रमित लामखुट्टेले टोकेमा एक सातादेखि तिन सातासम्ममा यसको लक्ष्ण देखिने गर्छ”, उनले भने, “अहिले अन्य अस्पतालबाट औलोको बिरामी रिफर भएर आउने गरेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले यस आर्थिक वर्ष झुलमा रु ७५ करोड रकम विनियोजन गरेको छ । अन्य किटनाशक विषादी खरिदका लागि रु ३ करोड ३५ लाख रुपैँया रकम विनियोजन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. लालले बताए । औलो रोग रोगथामका लागि ग्लोबल फन्डले ४३ करोड रकम सहयोग गरेको छ ।

औलोको जोखिममा रहेका जिल्लाहरुमा ६ लाख १० हजाचर २ सय ५२ वटा झुल वितरण भएको छ भने सोही क्षेत्रमा बसोबास गर्ने ५४ हजार ६ सय ८६ जना गर्भवति महिलालाई झुल वितरण गरिएको महाशाखाले जनाएको छ । त्यसैगरी रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको ५ वर्ष अर्थात (आर्थिक वर्ष २०७०-०७१ देखि २०७४-०७५) को औलो सम्बन्धी तथ्यांक हेर्दा सबैभन्दा आर्थिक वर्ष २०७४-०७५ मा १५ हजार १ सय ७७ जनामा औलो देखिएको छ ।  

Global Ime bank

सरकारले सन् २०२५ सम्ममा नेपाल औलो मुक्त बनाउने लक्ष्य लिएको छ । तर तालिमप्राप्त कर्मचारीको अभाव हुनुका साथै तालिम लिएर काम गर्दै आएका कर्मचारीसमेत फाजिलमा हुँदा औलो उन्मुलनमा चुनौती रहेको विज्ञहरुले बताएका छन् । औलो रोग भारत र अफ्रिका वैदेशिक रोजगारीमा आएका मानिसमा बढी देखिएको छ ।

आर्थिक वर्ष २०७४-०७५ मा २ लाख ७५ हजार ८ सय १ जना मानिसमा जुन स्थानीय र आयातित जुन वैदेशिक रोजगारीमा गएर आएकाहरुमा औलो परिक्षण गर्दा १ हजार १ सय ८७ जनामा औलोका बिरामीलाई सरकारले निशुल्क औषधी खुवाएको थियो । प्रदेश अनुसार औलोका बिरामीको संख्या हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आयातित ६ सय ३० र स्थानीय ५ सय ५७ जनामा देखिएको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार दक्षिण अफ्रिकामा सन् २०१८ मा २० करोड मानिसमा ४ लाख ३ हजार मानिसको मृत्यु भएको जनाएको छ । संगठनले विश्वको जनसंख्याको ७० प्रतिशत मानिस औलोको जोखिममा रहेको जनाएको छ । विश्वमा औलोको कारण बढी मृत्यु बालबालिकाहरुको हुने समेत संगठनले बताएको छ ।

औलोका लक्षण

चिकित्सकहरुका अनुसार औलो रोग लाग्दा एक्कासी कामज्वरो आउने, ज्वरो आउने, अल्छी लाग्ने, खानामा अरुची हुने, जाडो लागेर कम्पन हुने, मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, मन्द ज्वरो आइरहने, दिन बिराएर ज्वरो आउने र कलेजो सुन्निनेलगायतका लक्षणहरु देखापर्छ ।

कसरी बच्ने ?

औलो रोग लामखुट्टेको टोकाइबाट सर्छ । घरवरीपरी लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा झुलको प्रयोग गनुपर्छ । 

त्यसैगरी शरीरका खुल्ला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने, लामखुट्टेविरुद्ध प्रयोग गरिने स्प्रे, लिक्विड, म्याट आदिको प्रयोग गरेमा बच्न सकिन्छ । यदि एक दिन विराएर ज्वरो आएमा, काम ज्वरो आएमा तुरुन्त चिकित्सककोमा गएर उपचार गराउनु पर्ने  महाशाखाका प्रमुख डा. विवेक लाल बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC