site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
पुनर्निर्माण प्राधिकरणका इन्जिनियरले दिए सामूहिक राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा खटेका इन्जिनियरहरुले सरकारले भत्तालगायतका सेवा सुविधा उपलब्ध नगराएको भन्दै सामूहिक राजीनामा दिएका छन् । इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको मागप्रति सरकारले चासो नदेखाएको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।
४ वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनर्निर्माणमा खटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन् ।
भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग ९ महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनुपरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले बताए । 
“प्राधिकरणका इन्जिनियरहरुले विगत ९ महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थियौं । तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको हो,” अध्यक्ष अमरले भने । समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुनः फर्कने प्रतिवद्धता पनि जनाएको छ ।
भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका करिव १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन सुरु गरेका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC