site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
खुलामञ्च खाली गर ! 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हुँदाहुँदा टुँडीखेलकोे खुलामञ्चमा पनि सटर बनाएर व्यापारीहरूलाई बेच्न थालिएको छ । स्वीकृति नलिई खुलामञ्चभित्र सटर बनाइएको दाबी काठमाडौं महानगरपालिकाका अधिकारीहरूले गरेका छन् । तर, खुलामञ्चमा सटर बनाउँदासम्म पनि बेवास्ता गरेको थाहा पाएपछि महानगरपालिकाका अधिकारीहरूको दाबी कसैले पत्याउँदैन । महानगरपालिकालाई नपत्याएरै खुलामञ्च बेचिएको विरोधमा बिहीवार जनस्तरबाट थालिएको खुलामञ्च बचाऊ अभियानले विरोध प्रदर्शन गरेको हुनुपर्छ । काठमाडौं भ्युटावर बनाउने निहुँमा ३ वर्षदेखि पुरानो बसपार्क ओगटेर बसेको ठेकेदारले नै अहिले खुलामञ्चमा सटर बनाएर बेचेको खुलासा भएको छ । अस्थायी बसपार्क भन्दै प्रयोग गरिएको खुलामञ्चको ठूलो भाग अहिले नै भाडामा लगाइएको छ । खुलामञ्चमा ४० वटा सटर पसल बनाइएको बताइएको छ । ‘भ्युटावर’ र बसपार्क निर्माणमा भने पटक्कै प्रगति भएको छैन । खुलामञ्चलाई बसपार्क बनाउन दिँदा नै काठमाडौं महानगरपालिकाका सम्बन्धित अधिकारीले ठेकेदारसँग अनुचित लाभ लिएको सन्देह गरिएको थियो । पछिल्ला घटनाले शंका पुष्टि हुँदै गएको छ ।
 
पुरानो बसपार्क रहेको ठाउँमा भ्यु टावर बनाउने योजनाकै औचित्यमा आवश्यक बहस भएन । त्यसमाथि ठेकेदारलाई टुँडीखेलको खुलामञ्च व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न दिने निर्णयमा लुकेको बदनियतका सम्बन्धमा  पनि छलफल भएको पाइँदैन । ‘भ्यु टावरे’ विकास मूलतः त्यसमा गरिने खर्च र व्यापारको अवसरको विक्रीबाट हुने कमिसनकै कारण चम्केको हो । अहिले भ्युटावर बनाउने फेसनको औचित्य र लाभ देखिँदैन । विशेषगरी पहाडको थुम्कोमा टावर बनाउनु त मूर्खता नै हो । प्राकृतिकरूपमै त्यस्ता थुम्काहरूबाट मनोरम दृश्यावलोकन हुनसक्छ । पुरानो बसपार्कलाई व्यवस्थित बनाउन आवश्यक  भए पनि त्यहाँ अरू कुनै भवनले सहरको सौन्दर्य त बढ्दैन नै सुविधा पनि बढ्दैन । भ्यु टावर निर्माणको योजनामै महानगरपालिकाले पुनर्विचार गर्नु दीर्घकालीनरूपमा बुद्धिमानी हुने देखिन्छ ।

खुलामञ्चमा स्थायी प्रकृतिको सटर बनाएर भाडामा लगाउने कार्यमा महानगरपालिकाका पदाधिकारीको संलग्नता रहेको सन्देह स्वाभाविकरूपमा हुन्छ । नत्र, सर्वसाधारणले आवाज उठाउनुभन्दा पहिले नै महानगरपालिकाले त्यसलाई रोक्नुपर्ने थियो । नागरिकहरूको ‘खुलामञ्च बचाऊ अभियान’ले काठमाडौं महानगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा ‘मेयरको हस्तक्षेपकारी भूमिकाको अपेक्षा’ गरेको लेखिएको छ । महानगरपालिकालाई खुलामञ्चबाट पसलहरू हटाउन यही बैशाख मसान्तसम्मको समय दिँदै अभियानले त्यसपछि हुने आन्दोलनमा भौतिक क्षति भएमा त्यसको जिम्मा पनि महानगरपालिकाकै हुने चेतावनी पनि दिएको छ । खुलामञ्चमा २०४६ सालतिर पनि यसरी नै व्यापारीहरूलाई राखिएको थियो । तिनलाई हटाउन निकै कठिन भएपछि भृकुटीमण्डपको परिसरमा झुप्राहरू बनाउन दिनुपरेको थियो । अहिले पनि सिंहदरबार सामु कुरुप दृश्य देख्दा समृद्धिको नारा जप्ने शासकहरूलाई लाजलाग्नु पर्ने हो । खुलामञ्चमा पनि अहिले बसाइएकाहरूलाई उठाउन निकै कठिन हुनेछ । यसैले महानगरपालिकाका अधिकारीहरूको ठेकेदारसँग मिलोमतो छैन भने तत्काल खुलामञ्च खाली गराऊ ! कम्तीमा २०७२ को भूकम्पपछि टुँडीखेलले दिएको आश्रय त सम्झ ! महानगरपालिकाले खुलामञ्च खाली गराउन आलटाल गरे प्रदेश र संघीय सरकारले हस्तक्षेप गर्नुपर्छ । सबै तहका सरकारहरू उदासीन रहे भने ठेकेदारसँग सबैको मिलेमतो भएको जनताको शंका पुष्टि हुनेछ । खाली त जनताले साँच्चै चाहे भने पक्कै जसरी पनि गराउने नै छन् । 
  

 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC