site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुलामञ्च अतिक्रमणप्रति स्थानीयको आक्रोश– मेयरले देखेनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । खुलामञ्च अतिक्रमण गरी सटर राखेरै पसल सञ्चालन गर्दा पनि यसबारे काठमाडौं महानगरपालिकाले कुनै कारबाही गर्न नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।  “महानगरपालिकाले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सलाई काठमाडौं भ्यूटावर निर्माण गर्न सहमति दिएदेखि नै खुलामञ्च अतिक्रमणको क्रम सुरु भएको हो,” वसन्तपुरका स्थानीय तथा सम्पदा बचाउ अभियन्ता गणपतिलाल श्रेष्ठले भने, “महानगरपालिकाको सम्झौता कुल्चिएर जलेश्वरले खुलामञ्चमा भाडा लिएर अरु व्यवसायीलाई सटर सञ्चालन गर्न दिएको हो ।”

साविकको पुरानो बसपार्कमा ०७३ सालदेखि भ्यु टावर निर्माण सुरु भएकाले ०७३ साउन ३ गते भएको सम्झौताअनुसार महानगरले जलेश्वरलाई खुलामञ्चमा निश्चित संरचनाहरु तोकेर बसपार्क सञ्चालन गर्ने व्यवस्था गरेको हो । “०७३ सालदेखि ३ वर्षमा भ्यु टावरको बेसमेन्ट सकिने भएकाले ०७६ साउनसम्म पुरानो बसपार्कलाई खुलामञ्चमा सारिएको हो,” महानगरपालिकाका पब्लिक प्राइभेट पाटर्नरसिप शाखा प्रमुख ध्रुब काफ्लेले बाह्रखरीसँग भने, “उक्त सम्झौताअनुसार जलेश्वरले खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, चमेनागृह, औषधी पसल र दुईवटा शौचालय, प्रतीक्षालय, गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

सोही सहमति कुल्चिएर हाल जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सले भाडा लिएर खुलामञ्चमा ५१ वटा पसल सञ्चालन गराइरहेको भेटिएको हो । 

मेयर भन्छन्– हेर्दैछु
बिहीबार भूकम्पको चौथो स्मृतिसभा कार्यक्रमस्थल वसन्तपुरको कार्यक्रममा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई खुलामञ्चमा गैरकानुनी रुपमा सञ्चालन भइरहेका सटर र पसल हटाउनेबारे बाह्रखरीले जिज्ञासा राखेको थियो । “यसबारे म हेर्दैछु । खुलामञ्चलाई खुला नै राख्नुपर्छ,” मेयरले संक्षिप्त प्रतिक्रिया दिँदै भने । 

Global Ime bank

यसैबीच बिहीबार नै स्थानीयबासी र सम्पदाप्रेमीले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसमक्ष ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका छन् । “अतिक्रमण भएको स्थानमा उपमेयर पनि पुगेर अवलोकन गर्नुभएको छ । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका व्यवसायी मनोज भेटवाललाई त्यहाँका सटर हटाउन अल्टिमेटम दिने प्रतिवद्धता गर्नुभएको छ,” सम्पदा बचाउ अभियन्ता श्रेष्ठले बताए । उक्त निर्माण कम्पनीले महिनाकै १ देखि २ लाखसम्म भाडा लिएर सटर र पसल सञ्चालन गर्न दिएको स्थानीयको भनाइ छ ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC