site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईपीएलमा आज कोलकतालाई राजस्थानको चुनौती 
Ghorahi CementGhorahi Cement

एजेन्सी । इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ  । शीर्ष स्थानका लागि सङ्घर्ष गरिरहेको कोलकता राजस्थानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । कोलकताको घरेलु मैदान इडेन गार्डेन्समा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ । 

पछिल्ला ३ खेलमा लगातार पराजित कोलकता सुखद् नतिजाको रणनीतिमा छ । आन्द्रे रसेलको बिस्फोटक ब्याटिङमा सुरुआती खेलमा जित निकालेपनि कोलकताले पछिल्ला खेलमा सनराइजर्स हैदराबादसँग ९ विकेट, चेन्नई सुपर किङ्सँग पाँच विकेट तथा रोयल च्यालेन्जर्स बेङ्लोरसँग १० रनको पराजय भोगेको छ । 

Agni Group

स्मिथको कप्तानीपछि राजस्थानले पछिल्ला ३ मध्ये १ खेलमा जित निकालेको छ । मुम्बई इन्डियन्ससँग ५ विकेटको जित निकालेको उसले दिल्ली क्यापिटल्ससँग ६ विकेट तथा किङ्स–११ पन्जाबसँग १२ रनको हार ब्यहोरेको छ । 

कोलकता पाँचौं जितको लक्ष्यमा मैदान उत्रिँदा राजस्थान खराब नतिजालाई सुधार्ने लक्ष्यमा छ । अहिलेसम्मका १० खेलमध्ये ४ मा जित र ६ मा पराजय भोगेको कोलकता ८ अंकसहित छैटौं स्थानमा छ । पुछारमा रहेको राजस्थानले ६ अंक जोडेको छ । राजस्थानले ३ खेलमात्र जित निकाल्न सकेको छ भने ७ खेलमा हार ब्यहोरेको छ  । 

Global Ime bank

कोलकताको सम्भावित प्लेइङ–११ 
क्रिस लेयन, सुनिद नरिन, रोविन उथप्पा, नितेश राना, सुभमन गिल, दिनेश कात्तिक, आन्द्रे रसेल, पियुष चावला, कुलदिप यादव, ह्यारी गुर्नी र प्रसिद्ध कृष्ण

राजस्थानको सम्भावित प्लेइङ–११
अन्जिक्या रहाने, सन्जु सामसन, स्टेभन स्मिथ, बेन स्ट्रोक्स, आस्टेन टुर्नर, स्टुअर्ट, रियान प्रयाग, जोफ्रा आर्चर, श्रीयस गोपाल, जयदेब उनाकान्त, धवल कुलकर्मी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC