site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘जिल्ला अध्यक्ष र सचिवले केन्द्रीय सदस्य त्याग्नुपर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । केन्द्रीय सदस्य भएकालाई पनि जिल्ला कमिटीको अध्यक्ष तथा सचिव बनाइएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ बहसको बिजारोपण भएको छ । नेकपाको स्थापित अभ्यासअनुसार दुईतिर कार्यकारी जिम्मेवारी लिन पाइँदैन ।

तर, पछिल्लो कार्यविभाजनले केन्द्रीय कमिटीका सदस्य भएकालाई पनि जिल्लाको कार्यकारी भूमिका दिइएपछि नेकपामा ‘सांगठनिक अराजकता’ महसुस गरिएको हो । “यसले पार्टीमा संगठनात्मक अराजकता भित्र्याउँछ र गलत नजिर स्थापित हुन्छ । तल्ला कमिटीको कार्यकारी भूमिकामा गएकाहरूले माथिल्लो कमिटीको जिम्मेवारी छोड्नुपर्छ र अरूलाई मौका दिनुपर्छ,” एक केन्द्रीय सदस्यले बाह्रखरीसँगको कुराकानीमा भने ।

साविक एमालेतर्फ केन्द्रीय सदस्य विनोद ढकाल मोरङ जिल्ला कमिटी अध्यक्ष बनेका छन् । केन्द्रीय सदस्य कृष्ण राई काठमाडौैं जिल्ला अध्यक्ष बनाइएका छन् । साविक माओवादी केन्द्रतर्फ पनि ८ जना केन्द्रीय सदस्य जिल्ला सचिव चयन भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गोपी अछामी (मोरङ), डाचाराज वाग्ले (सर्लाही), श्रवण यादव (धनुषा), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमरकट्टेल (धादिङ), दधिराम न्यौपाने (रुपन्देही) सचिव छानिएका हुन् । त्यस्तै साविक माओवादी केन्दबाट केन्द्रीय सदस्य छानिएका अशोक मण्डल सप्तरी जिल्ला अध्यक्ष, रामकुमार यादव सिरहा जिल्ला अध्यक्ष राजु खड्का महोत्तरीको जिल्ला अध्यक्ष राजन दाहाल सिन्धुलीको जिल्ला अध्यक्ष चुनिएका छन् । ४४५ सदस्यीय केन्द्रीय कमिटीमध्ये १५ जना केन्द्रीय सदस्यले जिल्ला तहको पनि कार्यकारी पद ओगटेपछि माथिल्लो जिम्मेवारी त्याग्नुपर्ने आवाज उठेको हो ।

नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, “एउटै व्यक्तिले सबै तहका कमिटीहरूको जिम्मेवारी ओगट्ने पूर्वमाओवादी केन्द्रको ढाँचा हो । नेकपा निर्माणपछि पनि त्यही पुनरावृत्ति गरिरहनु हुँदैन । दुई कमिटीमध्ये एक रोज्नुपर्छ ।”

Global Ime bank

‘संक्रमणकालीन व्यवस्थाअनुरूप जिम्मेवारी पाएका हौँ’

केन्द्रीय सदस्य, राजकीय तहमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेकाले पूर्वमाओवादीहरूले पद त्याग्ने क्रम जारी छ । रुपन्देहीका दधिराम न्यौपानेलगायत केही नेताले पद नमान्ने सार्वजनिक घोषणा नै गरेका छन् । तर, पूर्वएमालेका कोटाबाट जिल्ला अध्यक्ष चयन भएका कृष्ण राईले भने पार्टीले संक्रमणकालीन व्यवस्थाअनुरूप नै नेतृत्व बाँडफाँट गरेकाले माथिल्लो कमिटी छाड्नुपर्ने बताउँछन् ।

“लेनिनवादी संगठान्तक सिद्धान्तअनुसार नै यो व्यवस्था भएको हो । कुनै खास अवस्थामा माथिल्लो कमिटीमा रहेकाले पनि तल्लो कमिटीको नेतृत्व गरेको र जिम्मेवारी पूरा गरेका उदाहरण छन् । एमालेमा पनि थियो । माओवादी केन्द्रमा पनि थियो ।”

उनले ६ महिनाभित्र अधिवेशन गराउने भनेर जिम्मेवारी दिएकाले सोही अवधिकालागि मात्रै आफू अध्यक्ष बनेको र अधिवेशन गरेर माथिल्लै कमिटीको जिम्मोवारीमा फर्कने जिकिर गरे । “अधिवेशनका बेलामा जिल्ला कमिटीमा उमेदवारी दिने भए माथिल्लो कमिटीको पद त्याग्नुपर्छ । संक्रमणकालीन अवस्थामा दिइएको अतिरिक्त जिम्मेवारीकै आधारमा माथिल्लो कमिटीको पद छोडनुपर्ने हुैदैन,” उनको प्रष्टीकरण थियो ।

‘हामीले तलको पद त्याग्यौँ’
पूर्वमाआवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य बनेका युवराज भट्टराईले भने आफूहरूले तलको कमिटी त्यागेको बताए । “हामीले तलको पद त्यागिसक्यौँ । मापदण्डले पनि मिल्दैन । माथिल्लो कमिटीको जिम्मेवारीमा रहेको व्यक्ति तल्लो कमिटीको कार्यकारी भूमिका आएर बस्ने भन्ने कुरा न्यायसङ्गत हुँदैन । पार्टीले अर्को व्यक्तिलाई जिल्ला सचिव बनाउँछ,” रौतहटको जिल्ला सचिव बनाइएका भट्टराईले बाह्रखरीसँग भने ।

उनले साविक माओवादी केन्द्रबाट केन्द्रीय कमिटी सदस्य रहेका कसैले पनि तलका पद स्वीकार नगर्ने र कदाचित स्वीकार गरे विधान विपरित हुन जाने ठहर गरे ।

होला त ६ महिनाभित्र जिल्ला अधिवेशन ?
नेकपाको अन्तरिम विधानअनुसार आगामी १ वर्षभित्र केन्द्रीय अधिवेशन गर्नुपर्नेछ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आगामी एक वर्षभित्रै अधिवेशन गरिने उद्घोष पनि गरिसकेका छन् । जिल्ला कमिटीका अधिवेशन आगामी पुस महिनाभित्रै गराइ सक्नुपर्नेछ ।

पुस महिनाभित्र जिल्ला अधिवेशन गर्न कुनै बाधा नरहेको काठमाडौं अध्यक्ष राई बताउँछन् । “सदस्यताको नवीकरण र सदस्यताको अद्यावधिकबाहेक अधिवेशनका लागि खासै केही गर्नुपर्दैन । जिल्ला कमिटीको बैठक बसेर एउटा विधि बनाउनासाथ मातहतका कमिटीहरूको एकता शुरू भइहाल्छ,” उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC