site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
टिकटकमा प्रतिबन्ध नलगाउन आदेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको मद्रास उच्च अदालतले चिनियाँ भिडियो सेयरिङ एप ‘टिकटक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । उच्च अदालतले बुधबार टिक–टकमाथि लगाइएको प्रतिवन्धविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै यस्तो निर्णय सुनाएको हो । 

टिक–टक डेभलपर चिनियाँ कम्पनी बाइटडान्स टेक्नोलोजीले भारतमा लगाइएको प्रतिवन्धका कारण कम्पनीलाई दैनिक झण्डै साढे तीन रुपैयाँ नोक्सान हुँदै आएको जनाएको थियो । टिक–टकले भारतमा एक अर्ब डलरसम्म लगानी गर्ने तयारी गरिरहेका बेला अदालतले प्रतिवन्ध लगाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

टिक–टकमा ‘पोर्नोग्राफी’ सामग्री समावेश गरिएको भन्दै मद्रास उच्च अदालतले प्रतिवन्ध लगाएको थियो । जसका कारण प्रयोगकर्ताहरुले यो एप डाउनलोड गर्न सकिरहेका थिएनन् । प्रतिवन्धपछि अप्रिल १७ मा चिनियाँ एप टिक–टक भारतमा गुगल प्ले स्टोर र ऐपल ऐप स्टोरबाट हटाइएको थियो ।

साना–साना भिडियो सेयर गर्ने टिकटक विश्वभर लोकप्रिय छ । एनालिटिक्स फर्म सेन्सर टावरका अनुसार भारतमा मात्रै झण्डै तीन करोड प्रयोगकर्ताहरुले टिकटक एप डाउनलोड गरेका छन् । विश्वभर यसका एक अर्ब प्रयोगकर्ताहरु रहेका छन् 
आजतक

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC