site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंका बमकाण्डः सरकारद्वारा गम्भीर सुरक्षा कमजोरी स्वीकार, रक्षा सचिवपनि कारबाहीमा
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकामा गएको आइतबार भएको बमकाण्डमा गम्भीर सुरक्षा कमजोरी भएको महसुस गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रक्षा सचिव हेमसिरी फर्नाण्डोलाई सो पदबाट हटाएका छन् । उनले प्रहरी प्रमुख पुजीथ जयासुन्दरालाई पनि हटाउने तयारी गरेका छन् ।
आइतबारको सो घटनामा ३५९ जनाको मृत्यु भएको छ भने करिब ५०० मानिस घाइते भएका छन् । 

भारतको गुप्तचर निकायले सम्भावित आक्रमणको बारेमा अप्रिल महिनाको सुरुमा नै श्रीलंकाका अधिकारीहरुलाई सूचना दिएकोमा सो सूचना राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रणिल बिक्रमासिंघेलाई नदिइएको अहिले आएर खुलासा भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बम आक्रमण गर्ने व्यक्ति मध्येका  एक जना बेलायतमा पढेको र  अष्ट्रेलियामा पनि अर्को कोर्ष पूरा गरेको व्यक्ति भएको  श्रीलंकाका अधिकारीहरुले बुधबार जनाएका थिए । श्रीलंकाका उपरक्षामन्त्री रुवान विजेवार्देनेल सो जानकारी गराएका हुन् । 

श्रीलंकाको प्रहरीका अनुसार ९ जना आक्रमणकारी मध्ये ८ जनाको उनीहरुले पहिचान गरिसकेका छन् । ती मध्येमा १ जना महिलापनि भएको विश्वास गरिएको जनाइएको छ ।  ती मध्येका कोहीपनि विदेशी नभएको अधिकारीहरुले बताएका छन् । आक्रमणकारी सबै शिक्षित र मध्यम तथा उच्च मध्यम परिवारबाट आएका व्यक्ति भएको जनाइएको छ । 

Global Ime bank

बुधबार श्रीलंकाका लागि अमेरिकी राजदूतले आतंककारी षडयन्त्र भएको बताइएको छ । 

आतंककारीले कुनै चेतावनी नदिई आक्रमण गर्न सक्ने यसअघि नेपालको राजदूत रहीसकेकी र अहिले श्रीलंकाकालागि राजदूत रहेकी एलाइना बी टेप्लीजले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भनेकी थिइन् । प्रहरीले अहिले सम्म ६० जनालाई गिरफतार गरेको जनाइएको छ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC