site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नौ महिनामा ९ सय ७१ दुर्घटना : ३ सय ८४ को मृत्यु, एक हजारभन्दा बढी घाइते
Ghorahi CementGhorahi Cement

दाङ । प्रदेश पाँचमा सडक दुर्घटना र त्यसमा परी मृत्यु हुनेहरुको संख्या कहालीलाग्दो छ । ट्राफिक कार्यालय बुटवलका प्रवक्ता माधवप्रसाद बुढाथोकीले उपलब्ध गराएको तत्थ्यांक अनुसार यस आर्थिक वर्षको पछिल्लो ९ महिनामा प्रदेशभर ९ सय ७१ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

ट्रक र बस गरी ७६ वटा, ट्रिपर ३० वटा, बस १८ वटा, माईक्रो १० वटा, जिप र कार १ सय २४ वटा, ट्याक्टर ७५ दुर्घटना भएका छन । त्यस्तै टेम्पो ४, मोटरसाईकल ४ सय ४४ वटा अन्य सवारी साधन ६४ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यी दुर्घटनामा परी ३ सय ८४ जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेहरुमा पुरुष २ सय ८१ र महिला ६६ जना, बालक २२ र बालिका २५ रहेका छन् । दुर्घटनाका एकहजारभन्दा बढी घाइते भएका छन् । जसमा गम्भीर घाइते भई ६ सय ४२ जना अंगभंग भएका छन् । ४ सय ८३ जना सामान्य घाइते भएका छन् । सडक दुर्घटनामा परेर चौपाय ३ वटा मरेका छन भने ६ सय ९६ सवारी साधनहरु क्षति भएका छन ।

Agni Group

यी थिए दुई ठुला पीडादायक दुर्घटना

सवारी दुर्घटनाका कहाली लाग्दा घटनाहरुलाई फर्केर नियाल्ने हो भने २०७५ सालको पछिल्लो ९ महिना प्रदेश पाँचका लागि निकै दुःखद साल बनेको छ । गत पुस ६ गते शनिवार दाङको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । १४ जना घम्भीर घाइते भएका थिए । 

Global Ime bank

डिप्लोमा फरेष्टीको अब्जरभेसन गर्न सल्यान पुगेका ३४ जना विद्यार्थी, दुई जना शिक्षक र दुई जना चालकदलसहित ३८ जना सवार नमस्ते राप्ती यातायात प्रालिको बा४ख ९७६६ नम्बरको बस घोराही उपमहानगरपालिका-१७ को राम्री भन्‍ने स्थानमामा दुर्घटना हुँदा त्यति नराम्रो हताहती भएको हो । ती सबै १६ देखि २२ बर्ष उमेरका कलिला युवाहरु थिए ।

दाङमै अर्को ठूलो दुर्घटना 

त्यसको एक महिनाअघि मंसिर २७ गते बिहीबार दाङको लमहीमा अर्को एउटा कहालीलाग्दो सडक दुर्घटना भएको थियो । उक्त दुर्घटनाले गएका जन्तीलाई मलामी बनाएको थियो । लमही नगरपालिका–९ रिहार भन्ने स्थानमा चितवनको गितानगरबाट बेहुली लिएर आउँदै गर्दा बेहुलाका बाबु, आमा र उनका अन्य आफन्त चढेको स्कारपियो जिप दुर्घटना हुँदा जन्ती बनेर गएकाहरु बेहुलाको घर होइन, मलामी बनेर अन्त्येष्टिस्थल जानु परेको थियो ।

बाँकेको सोनारी गाउँपालिका–९ सम्शेरगञ्जका २७ बर्षिय यज्ञबहादुर केसीको विवाहको जन्ती थियो त्यो । बेहुली ल्याउन सम्शेरगञ्जबाट चितवनको गितानरस्थित अघिल्लो दिन बिहान पुगेका उनीहरु साँझ बेहुली लक्ष्मी पौड्याललाई लिएर नाच्दै गाउँदै फर्किदै थिए ।

सो दुःखद दुर्घटनामा बेहुला बेहुली बेग्लै गाडीमा चढेकोले बँचेका थिए । तर अर्को गाडी चढेर दुलही पर्छिने व्यवस्था मिलाउन अलि अगाडि हिँडेका बेहुलाका बाबु ५३ वर्षीय मनबहादुर केसी र उनकी धर्मपत्नी ४२ वर्षीया विमला केसीसहित ६ जनाको ज्यान गएको थियो ।

सोही घटनामा परेर उनकी ५ वर्षीया नातिनी, सम्शेरगञ्जकै ४९ बर्षिय विश्वनाथ अधिकारी, कोहलपुरका ७८ बर्षीय दत्तबहादुर खत्री र सम्शेरगञ्जका होनाहार युवा ३१ बर्षिय दीपकुकार खड्काको पनि ज्यान गएको थियो ।पछिल्लो एक वर्ष याता यी दुई घटना प्रदेश पाँचका सबै भन्दा बढि कहालीलाग्दा घटना हुन् ।

नयाँ वर्षको नजिकिएसँगै चैत्र २८ गते गुल्मीमा पनि अर्को दुःखद घटना घट्यो । मुसिकोट नगरपालिका १, च्याँनडाँडामा जीप दुर्घटनामा परी पुर्व सांसद एवं नेपाली कांग्रेसका नेता रुद्रमणी शर्मा भण्डारीको ज्यान गयो । त्यस दुर्घटनामा एकै परिवारका ४ जना परे ।

बढ्दो सवारी साधन

प्रदेश ५ मा सवारी साधनहरुको चाप दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । साविकको लुम्बिनी, भेरी र राप्ती अञ्चलको नम्वर प्लेटमा दर्ता भएका प्रदेश ५ मा कुल सवारी साधन संख्या ६ लाख ५५ हजार २ सय ८७ वटा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसरी दर्ता भएका सवारी साधनहरु मध्ये ट्रक र बस २१ हजार ५ सय ७५ वटा, जिप र कार २३ हजार २ सय १ वटा, ट्याक्टर ५२ हजार ५ सय ९० वटा र टेम्पो ६ हजार २ सय ४९ वटा छन् । त्यसका साथै, मोटरसाइकलको संख्या ५ लाख ५१ हजार ७ सय ९७ वटा रहेका छन् । नौ महिनाको अवधिभित्रमा १ लाख ६० हजार ५ सय ८७ सवारी साधन माथी कार्वाही गरेर प्रहरीले ९ करोड ४८ लाख ८७ हजार राजश्व संकलन गरेको छ ।

व्यस्त राजमार्ग र ‘टिपर आतंक’ हाम्रो लागि चुनौती होस् प्रदेश प्रहरी प्रमुखप्रदेश पाँचका प्रहरी प्रमुख डिआईजी पिताम्वर अधिकारीले दुर्घटना न्यूनीकरणका लागि व्यस्त राजमार्ग र टिपरको ‘आतंक’ चुनौतीको विषय बनेको बताए । चौबिसै घण्टा व्यस्त रहने पूर्वपश्चिम राजमार्गले अन्य प्रदेशमा भन्दा ३५ प्रतिशत ओगटेको बताउँदै अधिकारी भन्छन्, ‘त्यही ब्यस्त राजमार्गमा टिपरले जथाभावी ओभरटेक गर्दा दुर्घटना निम्तिने गरेका छन् । यसलाई रोक्नु नै दुर्घटना न्यूनीकरणको लागि हाम्रो चुनौतीको विषय बनेको छ ।’

पुर्वपश्चिम, उत्तर दक्षिण चारैतिकाको त्यति लामो रुट त्यति धेरै सवारी साधान तर ट्राफिक प्रहरी, जनपथ प्रहरीमा जनशक्ति र प्रविधीको कमी पनि दुर्घटना न्यूनीकरणका लागि चुनौती भएको उनको ठम्याइ छ पहाडी जिल्लाबाट चुन ढुंगा असोर पसार, नदिजन्य वस्तुको दोहन र खुल्ला सिमानाबाट हुने चेरी पैठारी रोक्न मातहतका प्रहरीहरुलाई चुस्त ढंगले परिचालन गरिएको दावी गर्दै डिआईजी अधिकारीले त्यस विरुद्धको कार्वाहीबाट प्रहरीले विगतको तुलनामा यस आर्थिक वर्षमा उल्लेख्य राजश्व संकलन गरेको दाबीसमेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC