site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भाजपाका सांसद उदित राज कांग्रेसमा प्रवेश
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का सांसद उदित राज विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले उनलाई बुधबार आयोजित एक कार्यक्रमबीच आफ्नो पार्टीमा स्वागत गरेका हुन् । 

उदितले पार्टी परिवर्तन गरेपछि ट्विटरमा लेखेका छन्, “आजदेखि म काङ्ग्रेस पार्टीमा आबद्ध भएको छु, यो अवसरका लागि पार्टी अध्यक्ष राहुल गान्धीलाई म धन्यवाद दिन चाहन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस पार्टीले पनि आफ्नो आधिकारिक माध्यममार्फत भाजपा सांसद उदित आफ्नो पार्टीमा प्रवेश गरेको फोटो सार्वजनिक गरेको छ । दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाले उम्मेदवार बन्न नदिएपछि उदित काङ्ग्रेस प्रवेश गरेको समाचारमा जनाइएको छ ।

दलित समुदायबाट राजनीतिक नेता बनेका उदितले सन् २०१४ को निर्वाचनमा भाजपाकै तर्फबाट जित हासिल गरेका थिए । आफूलाई पार्टीले उम्मेदवार नबनाएमा आफूले पार्टी परित्याग गर्ने उहाँले यसअघि नै चेतावनी दिँदै आएका थिए ।

Global Ime bank

यसअघि भाजपाबाट उम्मेदवार बन्नुभन्दा केही समयअगाडि उहाँले आफ्नो पार्टी भारतीय न्यायिक पार्टीलाई भाजपामा विलय गराएका थिए । 

भारतमा लोकसभाको निर्वाचन भइरहेकाले विभिन्न नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम तीव्र भएको छ । सात चरणमा हुने निर्वाचन यही अप्रिल ११ मा शुरु भएको हो भने आउँदो मे १९ तारिखमा सकिने तय गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC