site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलुनजस्तै उड्छ नयाँ विमान 
Sarbottam CementSarbottam Cement

बीबीसी । युनिभर्सिटी अफ हाइल्यान्ड्स एण्ड आइल्यान्डस (युएचआई) का अनुसन्धानकर्ताहरुले एक नयाँ प्रकारको विमान निर्माण गर्नमा मद्दत पु¥याएका छन् । नाम नभएको हवाइ सवारी (यूएभी) अनिश्चितकालीन समयका लागि हावामा रहिरहने किसिमले डिजाइन गरिएको हो जसका लागि अत्याधुनिक प्रविधि अपनाइएको छ । यसलाई अहिले ‘फिनिक्स’ नाम दिइएको छ । 

यसरी १५ मिटर लामो र १२० केजी तौलको भएपनि सो विमान बेलुन जसरी बिस्तारै हावामा तैरने बताइएको छ । यो केही हद्सम्म ‘एयरसीप’ जस्तै देखिन्छ तर त्यसमा कुनै पङ्खा हुँदैन भने यसमा चाहिँ विङ्सहरु पनि रहेका छन् ।  यूएचआईका प्रोफेसर एन्ड्रयु रे भन्छन्, “वास्तवमा यो एक उचित हवाइ जहाज हो ।”

परियोजनाका मुख्य अभियन्ताका रुपमा रेले फिनिक्सको सिस्टम एकिकरणलाई रेखदेख गर्दै आएका छन् । उनले थप भने, “यसमा कुनै इन्जिन नभएपनि यसले आफ्नै सञ्चालक शक्तिमार्फत् उडान भर्छ । यसको मध्यम भाग हेलियम ग्यासले भरिएको छ जसले यसलाई माथि लैजान मद्दत गर्छ ताकि यो बेलुन जसरी उड्न सकोस् । र त्यसभित्र कम्प्रेसरहरुले भरिएको अर्को एउटा ब्याग पनि रहेको छ जसले बाहिरबाट हावा ल्याइ संकुचित गराउँदछ अनि विमान भारी हुन्छ र एउटा ग्लाइडर जसरी उत्रिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसरी हावा भन्दा भारी वा हलुका हुनुले विमानलाई असन्तुलित वा माथि तल नगराउने उनको भनाइ छ । यसले विमानलाई अघि बढाउन भुमिका खेल्ने गर्दछ । यो ‘फिनिक्स भेरिएबल–बुयोयान्सी प्रपल्सन’ द्वारा संचालित ठूलो स्तरको पहिलो विमान हो । पर्पोइज (एक किसिमको समुद्री माछा) जसरी पानीमा हलचल गर्छ त्यसैगरी यो हावामा अगाडि बढ्ने बताइएको छ । अर्थात यसले धेरै लामो यात्रा गर्न सक्छ भने आकाशमा लामो समय रहिरहन पनि सक्षम छ । 

वास्तवमा यसलाई स्याटलाइट लन्चको सस्तो विकल्पका रुपमा निर्माण गरिएको हो । यसरी हावामा रहिरहँदा इन्धन पुर्याउनु नपरोस् भनेर यसको पङ्खा र पुच्छरले सोलार प्यानल बोक्नेछन् ।  यसको आकृति भने एरोफोइलमा आधारित रहेको छ अर्थात् अगाडि बढ्दै गर्दा पङ्खाले विमानलाई माथितिर लिफ्ट गर्नेछ । 

Global Ime bank

यस किसिमको प्रविधि यसअघि पानीमुनिको सवारीमा प्रयोग गरिएको थियो जसलाई ‘ग्लाइडर’ भनिन्छ । 

ग्लाइडरले धेरै गहिराइसम्म पुगेर पछि सतहमा तैरिँदै स्याटलाइटमार्फत् जानकारी पठाउने गर्दछ । तर हावा पानीको तुलनामा भिन्दै हुने भएको हुँदा यसको उडानलाई अनौठो मानिएको छ । फिनिक्स यस किसिमको प्रविधि उपयोग गर्ने यो आकारको पहिलो विमान हो । 
यसका निर्माण टोलीले यो विमानको सफलता टेलिकम्युनिकेसन उद्योगका निम्ति क्रान्तिकारी साबित हुने बताइरहेका छन् । 

यो अन्य विमान र रकेटको तुलनामा अत्यन्तै सस्तो भएकाले पनि यसलाई उचित विकल्प मानिएको हो । 

यसको नमुना पोर्टसमाउथको ड्राइस्ट्याकमा सफलतापूर्वक परीक्षण भइसकेको छ । यस परियोजनाको निर्माणमा सोलार सेल, उडान नियन्त्रण प्रणाली, माइक्रो पम्पस, कार्बन फाइबर पङ्खा र पुच्छर अनि रिभर्सिबल हाइड्रोजन फ्युल सेलका साथै रिचार्जेबल ब्याट्री समावेश गरिएको छ ।

सो ब्याट्री र फ्युल सेलले रातभर पनि सौय ऊर्जालाई सञ्चालनमा ल्याउन मद्दत गर्दछ । यसरी अहिले यसको प्रोटोटाइप नमुना सफलतापूर्वक उडिसकेको हुँदा फिनिक्सलाई अर्को स्तरसम्म पुर्याउन संस्थाले अन्य प्रमुख निर्माता कम्पनीहरुसँग सहकार्य गर्न खोजिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC