site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घले राजाको घलेगाउँ अब ‘रेड भिलेज’
Sarbottam CementSarbottam Cement

पोखरा । सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित लमजुङको घले गाउँ अब ‘रेड भिलेज’(रातो गाउँ) मा परिणत हुँदैछ । सात शताब्दीअघिको यो पर्यटकीय गाउँका सबै घरहरु कालो ढुंगाले छाइएका छन् । तर, नमुना गाउँको परिचय भने अब फेरिँदैछ । घले गाउँका एक सय २५ वटा घरमा छाइएका काला ढुंगालाई रातो जस्ताले विस्थापन गर्दैछ । ८० घरमा गुरुङ र बाँकी ४५ घरमा दलितहरुको बसोबास छ । दुई दशकअघि होमस्टे सुरुवात गरेको यो गाउँमा अहिले ३५ वटा होमस्टे सञ्चालनमा छन् ।

क्होलासोथर गाउँपालिका-३ को घले गाउँलाई रातो जस्ताले रंग्याउन ७५ लाख खर्च गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम घले भन्छन्, "सके यही चालु आर्थिक वर्षमा नसके अर्को वर्षभित्र सबै घरहरु जस्ताले छाउनेछौँ ।"

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मानिन्छ । चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तीनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो ।पुर्खाको सम्मानका लागि स्थानीयबासीले घले राजाको शालिकसहित पार्कको निर्माण गरेका छन् भने गाउँमै गुरुङ संस्कृतिको ज्वलन्त चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रहालय पनि स्थापना गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राजाको नाममा राखिएको यस गाउँले मौलिकतात गुमाउँदैन ? भन्ने प्रश्नमा उनको जवाफ छ, "हामीले नमुना गाउँ बनाउन लागेका हौँ, संरक्षण गर्न खोजिएको हो ।"     उसो त यो वडामा मात्र कुल २ सय ५५ घरहरु छन् । प्राय घरहरु थरीथरीका ढुंगाले छाइएका छन् । 

Global Ime bank

गत असारमा गाउँसभाले पारित गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यो योजना समेटिएको घलेको भनाई छ । दुईवटा छाना हुने घरमा यो वर्ष एउटा छाना मात्र परिवर्तन गरिनेछ ।

घले गाउँलाई पर्यटन प्रबर्द्धन गर्नको लागि रातो जस्ता किन्न प्रदेश सरकारले पनि ५० प्रतिशत खर्च व्यहोर्ने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार घले गाउँलाई पर्यटन प्रबर्द्धनको लागि प्रदेश सरकारले २९ लाख २७ हजार रुपैयाँ दिने भएको हो ।

सरकारको सहयोगबाहेकको रकम भने गाउँपालिकाले नै व्योर्होने प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जनाए । नमूना चिया बगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यो गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । घले गाउँको प्रमुख आयश्रोत नै पर्यटन व्यवसाय हो । 

हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । स्थानीय नदी एवम् खोलाका माछा, भेडीगोठका भेडा, च्यांग्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै मौसम अनुसार कुरिलो, निउरोजस्ता परिकारको स्वाद पनि पर्यटकहरुलागि विशेष मानिन्छ ।

होमस्टेका लागि पनि प्रख्यात घले गाउँमा आगामी वैशाख २३ गते २० औँ घलेगाउँ महोत्सवसमेत आयोजना गरिएको छ । २० वर्ष पहिले नै यहाँ होमस्टेको थालनी गरिएको थियो ।

तस्बिर श्रोत : गाउँपालिकाका अध्यक्ष प्रेम घलेको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC