काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । सभापति देउवाले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा दिवंगत नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको झण्डा ओढाएका थिए ।
त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता, कार्यकर्ताले पनि दिवंगत नेता ताम्राकारप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा निवासी ताम्राकार २०४८ र २०५६ सालमा रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रको रुपमा रहेका दिवंगत नेता ताम्राकार स्वास्थ्य र उद्योगमन्त्री समेत बनेका थिए ।