site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यसकारण बालबालिकालाई चुम्बकबाट सधैँ टाढा राख्नुपर्छ
Sarbottam CementSarbottam Cement

एजेन्सी । ससाना बालबालिकाहरुले ब्याट्रि, सिक्कालगायतका घरेलु वस्तुहरु दुर्घटनावश् निल्ने गरेको धेरै सुनिन्छ तर चिकित्सकहरुले तीमध्ये पनि चुम्बकलाई सबैभन्दा खतरनाक ठहर गर्दै यसबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । त्यसैले शक्तिशाली चुम्बकहरु सधैँ बालबालिकाबाट टाढा राख्नुपर्ने भन्दै अभिभावकहरुलाई चेतावनी दिइएको हो ।

स्टेफनी हर्वेलका ९ वर्षीय छोरा डोमिनिकले त्यसरी नै एकदिन दुर्घटनावश् दुईवटा हाइ–पावर चुम्बक निलेपछि उनको डर वास्तविकतामा परिणत भयो । डोमिनिकका साथीहरुले स्कुलमा त्यसलाई खेलाउनाका रुपमा ल्याएका थिए । उनले सीबीएस न्युजसँग भने, “मैले जिस्किँदै त्यसलाई मुखमा राखिरहेको थिएँ । अनि अचानक दुवै चुम्बक एकअर्कासँग टाँसिए र मैले थाहै नपाइ एकदम छिटो त्यो मेरो घाँटीबाट तल पुग्यो ।”

यसपछि उनले स्कुलकी नर्सलाई खबर गरेका थिए जसमार्फत आमा स्टेफनीले थाहा पाएकी हुन् । यसरी स्टेफनी आफैँ एक नर्स भएपनि उनलाई ब्याट्री निल्दाका खतराबारे थाहा थियो तर चुम्बकका बारेमा भने कुनै ज्ञान थिएन । यस्तोमा उनले केही विज्ञहरुसँग सम्पर्क गर्न खोज्दा एउटा चुम्बक भएमा धेरै चिन्ता नगर्न भनियो तर चुम्बक दुईवटा भएमा चाहिँ तुरुन्तै उपचार गर्नुपर्र्नेे सुझाव पाएको उनी बताउँछिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चुम्बक दुईवटा हुँदा शरीरका भित्री अङ्गहरुलाई च्यापेर त्यसले गम्भीर क्षति पुर्याउन सक्ने हुनाले नै यस्तो भनिएको हो । यसरी भाग्यवश् डोमिनिको खतराबाट बचे र दुवै चुम्बकहरु बिना समस्या निकाल्न सफल भएको उनी बताउँछिन् । तर अन्य परिवारलाई भने यो घटनाका भयानक परिणामबारे सचेत गराइएको छ । 

पछिल्लो समय बालबालिकाहरुका खेलाउनामा ससाना चुम्बकको प्रयोग बढ्न थालेकाले पनि यसका खतराबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ किनकि तिनीहरु फ्रिजमा टाँस्ने चुम्बक भन्दा ५–१० गुणा शक्तिशाली हुने गरेको पाइएको छ । 

Global Ime bank

यसअघि सन् २०१२ मा अमेरिकाको ‘कन्ज्युमर प्रडक्ट सेफ्टी कमिसन’ ले यस विषयमाथि प्रकाश पारेको थियो ।  त्यसबेला एक तीन वर्षकी बालिकाले ३७ वटा ससाना चुम्बक निलेकी थिइन् । उनका अभिभावकले पहिले त उनको पेट खराब भएको हुन सक्ने शंका गरेका थिए । 

यसरी एक्सरे गरेपछि मात्र उनको पेटमा गोलो बनेर बसेका दर्जनौँ चुम्बक फेला पारिएको हो जसले पछि तिनको आन्द्रामा तीनवटा प्वाल पारेको थियो । 

त्यस्तै अर्को घटनामा एक ६ वर्षीय बालकले १९ वटा चुम्बक निलेपछि त्यसैगरी आन्द्रामा प्वाल परेको थियो । यसरी २००९ देखि २०१३ का बीच अमेरिकामा मात्र चुम्बक निलिएका २९,०० घटना भएको बताइएको छ । त्यसैले एउटा चुम्बक निलेपछि अर्को चुम्बक वा कुनै फलामको टुक्रा पेट भित्र पुगेमा त्यो अत्यन्तै खतरनाक साबित हुने गर्दछ । 

हप्किन्स चिल्ड्रेन्स सेन्टरकी बाल विशेषज्ञ डाक्टर एमिना हुसेन भन्छिन्, “सबै अभिभावकले घरमा कतै चुम्बक छ भने त्यसलाई सधैँ बालबालिकाबाट टाढा राख्ने कुरामा ध्यान दिनुपर्छ अथवा घरमा चुम्बक राख्नै हुँदैन । त्यस्तै उनीहरुका खेलाउनामाथि पनि नजर राख्ने गर्नुपर्दछ किनकि कतिपय अवस्थामा खेलाउना फुट्न थालेमा बालबालिकाले सजिलै चुम्बक निल्न सक्छन् ।”

त्यस्तै बालबालिकाहरुलाई पनि यस किसिमका वस्तुहरु झुक्किएर निलेमा तुरुन्तै खबर गर्न भनि सिकाउनुपर्ने उनी बताउँछिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC