site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किन धेरै जोडीहरु उस्तै देखिन्छन् ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । लाखौँ अन्य अमेरिकीहरु जसरी नै २०१६ मा ओलिभिया बर्नरले पनि प्रेमी र आफ्नो डीएनए टेस्ट गराउने विचार गरिन् । यसरी उनले केबल जिज्ञासा मेटाउनका लागि मात्र नभएर वास्तवमै आफ्ना प्रेमीसँग कुनै पारिवारिक सम्बन्ध छ छैन भन्ने पत्ता लगाउन यसो गरेकी हुन् । किनकि उनीहरुको अनुहारदेखि कपालको रङ, छालाको रङ र अनुहारको अभिव्यक्तिसमेत मेल खाने गर्दछ । यस्तोमा वर्षौँदेखि मानिसहरुले उनीहरु दाजु बहिनीजस्तै देखिने भन्ने प्रतिक्रिया दिँदै आएका थिए । यसमाथि उनको परिवारले सानो छँदा उनलाई अपनाएको (एडप्ट गरेको) हुनाले पनि उनले आफ्नो मनको शान्तिका लागि सो परीक्षण गर्न प्रेरित भएकी थिइन् । 

२६ वर्षीया बर्नर भन्छिन्, “यदि हामी दुईबीच वास्तवमै पारिवारिक सम्बन्धको थोरै सम्भावना देखिएको भए के हुन्थ्यो, हामी के गर्नेथ्यौँ होला ?”

Prabhu Bank
Agni Group
NIC Asia

तर उनीहरुबीच कुनै सम्बन्ध नभएको परीक्षणमा पुष्टि भयो जसपछि गतवर्ष मात्र उनीहरुले विवाह गरेका हुन् । अहिले छोराछोरीको जस्तो देखिनेछ भनेर ठट्टा गर्दा मात्र यो विषय आउने गरेको हुँदा उनीहरुका लागि यो हास्यास्पद घटना बन्न पुगेको हो ।

यसरी पछिल्ला केही वर्षहरुमा उस्तै देखिने जोडीले धेरै ध्यानाकर्षण गराइरहेका छन् । सन् १९८७ मा युनिभर्सिटी अफ मिचिगेनका वैज्ञानिकहरुले विवाहित जोडी कसरी समयसँगै उस्तै देखिन थाल्छन् भन्नेमा अनुसन्धान गरेका थिए जसमा दशकौँसम्म एकै किसिमको साझा भावना र घनिष्ठताको परिणामस्वरुप नै उनीहरुको चाउरीपना र अनुहारको अभिव्यक्ति उस्तै हुन पुगेको निष्कर्ष निकालिएको थियो र वैज्ञानिकहरु आजपनि यही सिद्धान्तमा विश्वास राख्छन् । केही समय अघि मात्र सामाजिक संजालमा उस्तै देखिने यस्ता हजारौँ प्रेम जोडीहरु भाइरल बनेका थिए । जसपछि वास्तविक जीवनमा कसरी एउटै देखिने दुई व्यक्ति एकसाथ हुन्छन् भन्ने प्रश्नबारे चर्चा सुरु भएको हो । 

Global Ime bank

यसरी हरकोही विपरिततर्फ आकर्षित हुन्छन् भन्ने भनाइ यो सन्दर्भमा भने विवादित साबित भइरहेको छ । 

इन्डियानापोलिस स्थित सामाजिक मनोविश्लेषक जस्टिन लेमिलर भन्छन्, “वास्तवमा मानिसहरु थाहै नपाइ सधैँ देखिरहेको, परिचित अनुहार भएका व्यक्तित्वतर्फ गइरहेका हुन्छन् । जस्तै– हामी आफ्नो अनुहार र स्वरुपसँग राम्रो परिचित छौँ । त्यसैले त्यही विशेषता भएको अर्को मान्छे देख्दा स्वभाविक रुपमा उनीहरुलाई बढी मन पराउन थाल्छौँ ।”

२०१३ मा गरिएको एउटा अध्ययनले पनि लेमिलरको यस भनाइ सत्य भएको पुष्टि गरेको छ । यसमा सहभागीहरुलाई प्रेमी प्रेमिका चयनका लागि डिजिटल रुपमा बदलिएका तस्बिरहरु देखाइएको थियो र कतिपय तस्बिरमा उनीहरुकै अनुहार पनि मिसाइएको थियो । यस्तोमा महिला र पुरुष दुवै सहभागीहरुले आफ्नो अनुहार समावेश गरिएका तस्बिर नै सबैभन्दा आकर्षक भएको भनि मूल्यांकन गरेका हुन् । 

त्यस्तै अर्को एक अनुसन्धानले चाहिँ हामी विपरित लिङ्गका अभिभावकको विशेषता हुनेहरु प्रति बढी आकर्षित हुने गरेको पत्ता लगाएको छ । यसरी हामीले थाहै नपाइ त्यस किसिमले आफ्नो पर्टनर छनौट गर्ने गरेको अनुसन्धानबाट स्पष्ट भएको हो । वास्तवमा परिचित विशेषता र लक्षणहरु नै हामीलाई सहज (कम्फर्टिङ ) लाग्ने गरेकाले पनि यो प्रवृत्ति प्राकृतिक रुपमा व्याप्त भएको बताइएको छ । त्यसैगरी केही अध्ययनमा चाहिँ हामी समान पुर्खाहरुबाट वा उस्तै जातप्रति बढी आकर्षित हुने गरेको उल्लेख गरिएको छ । यसरी आकर्षण धेरै जटिल प्रक्रिया भएको हुँदा अब आउँदा दशकहरुमा पनि उस्तै देखिने जोडीको सङ्ख्या झन बढ्दै जान सक्ने बताइएको छ । टाइमबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC