site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लगातार तीनवटा भूकम्प, नौबिसे केन्द्रबिन्दु
Ghorahi CementGhorahi Cement

काठमाडौं । बुधबार एकैदिन काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस भएको छ । बिहान दुईवटा र दिउसो एउटा धक्का महसुस गरिएको हो । तीनवटै धक्का परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहानै ११ मिनेटको अन्तरमा गएको ५ दशमलब २ र ४ दशमलब ३ म्याग्निच्यूडको भूकम्प गोर्खा भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

दिउँसो गएको भूकम्प पनि त्यसैको परकम्प भएको मापन केन्द्रले जनाएको छ । केन्द्रका विज्ञ सोमनाथ सापकोटाले बुधबार महसुस गरिएका धक्का सबै परकम्प भएको बताए । पहिलो परकम्प ६ः२९ बजे गएको थियो भने दोस्रो ६ः४० मा र तेस्रो ३ बजेर ५ मिनेटमा गएको थियो । 

Agni Group

शक्तिशाली परकम्प भएपनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल भौगर्भिक समाजका पूर्वअध्यक्ष प्राडा दण्डपाणी अधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने,“२०७२ वैशाख १२ गते गएको भूकम्पभन्दा सानो भूकम्प गोर्खादेखि दोलखासम्मको १६० किमिको आसपासमा गएका छन् भने ति सबै धक्काहरु परकम्प नै हुन् ।”

२०७२ सालमा गएको ७ दशमबल ८ म्याग्निच्यूड भन्दा ठूलो भूकम्प यसको आसपासमा गएको अवस्थामा भने त्यो नयाँ भूकम्प हुने उनले जनाए ।

Global Ime bank

२०७२ सालको भूकम्प गएको तिथिभन्दा एक दिन अगाडि आजको भूकम्प गएको सन्दर्भमा उनको भनाइ थियो,“भूकम्पको वार्षिकीसँग यसको कुनै सम्बन्ध हुँदैन । पहिला गोर्खादेखि दोलखासम्मको भू–भागको भित्रि भाग चर्केकोमा अहिले त्यसकै आसपासमा सानो हिसाबले भू–भाग चर्केको हुन सक्ने र त्यही भएर भूकम्प आएको हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC