site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
भिसा सकिएर पनि अमेरिका बस्ने नेपाली कति छन् ? कडाइ गर्दै ट्रम्प प्रशासन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भिसाको म्याद सकिएर पनि ओभरस्टे गर्ने विदेशीमाथि कडाई गर्ने संकेत गरेको छ ।  अमेरिकाले गृह सुरक्षा मन्त्रालयले बनाएको पछिल्लो सूचीमा नेपाली पनि रहेको पाइएको छ । त्यसैले ट्रम्प प्रशासनको नीतिबाट नेपाली पनि प्रभावित हुन सक्ने अवस्था रहेको छ ।

ट्रम्पले गएको सोमबार अमेरिकी विदेश मन्त्रालय र गृह सुरक्षा मन्त्रालयलाई यस सम्बन्धी निर्देशन दिइसकेका छन् । ती दुवै मन्त्रालयले ओभरस्टे नियन्त्रण गर्नका लागि के गर्ने भन्ने बारेमा १२० दिन भित्रमा राष्ट्रपतिलाई सिफारिस गर्नुपर्नेछ ।

अमेरिकाको गृह सुरक्षा मन्त्रालयको रेकर्डमा सन् २०१८ मा नेपालबाट अमेरिका गएका मध्ये २७ हजार २०५ जना फर्किने अपेक्षा गरिएकोमा १ हजार ८५ जना ओभरस्टे गरेको र त्यसको प्रतिशत ४ दशमलब ३६ भएको जनाइएको छ । उनीहरु ननइमिग्रेन्टको रुपमा अमेरिका गएको रेकर्डमा देखाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी विद्यार्थीमा ५ हजार ६२३ जना सन् २०१८ मा फर्किने अपेक्षा गरिएकोमा २ हजार १३९ जना ओभरस्टे गरेको पाइएको छ । यो ३८ दशमलब ०४ प्रतिशत भएको सो मन्त्रालयले रेकर्डमा उल्लेख छ । अर्को स्कोप ननइमिग्रेन्ट क्लासेजको सूचीमा राखिएका १ हजार ८९३ जना नेपाली सन् २०१८ मा नेपाल फर्किने अपेक्षा गरिएकोमा २३२ जना ओभरस्टे गरेको र यो प्रतिशत १२ दशमलब २६ प्रतिशत भएको जनाइएको छ । 

सो सूचीमा राखिएकाहरु विभिन्न कार्यक्रममा गएका र आश्रित भएको जनाइएको छ । अमेरिकाले १० प्रतिशत भन्दा बढी ओभरस्टे गर्ने देशका नागरिकलाई भिसा दिनका लागि कडाइ गर्न लागेको बताइएको छ ।  ट्रम्पले  सन् २०१४ को निर्वाचनका क्रममा आप्रवासीविरोधी नारा दिएर चुनाव जितेका कारण पनि सन् २०२० को निर्वाचन नजिकिँदै गएकोले आप्रवासीलाई कडाइ गर्नुपर्ने बाध्यता उनलाई परेको आकलन अमेरिकाभित्रै पनि भइरहेको छ । 

Global Ime bank

सन् २०१८को तथ्यांकअनुसार अमेरिकामा ओभरस्टे गर्ने विदेशीको  संख्या ४ लाख १५ हजार रहेको छ । १० प्रतिशत भन्दा बढी ओभरस्टे गर्ने देशको सूचीमा अफगानिस्तान, अंगोला, भुटान, बुरुण्डी, चाड, रिपब्लिक अफ कंगो, जीबुटी, इरिट्रिया, जर्जिया, लाओस, लाइबेरिया, नाइजेरिया, सोमालिया, दक्षिणी सुडान, सुडान, यमन लगायतका मुलुक रहेको गृह सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । विद्यार्थीलगायत विभिन्न पेशा व्यवसायबाट जाने नेपालीको संख्या पनि १० प्रतिशत भन्दा बढी रहेपनि कूल ओभरस्टे गर्ने विदेशीको दाँजोमा भने नेपालीको प्रतिशत गृह सुरक्षा मन्त्रालयको रेकर्डमा कम देखिन्छ ।

ह्वाइट हाउसका अनुसार कतिपय देशको रेकर्ड ४० प्रतिशत भन्दा बढी पनि छ । धेरै ओभरस्टे गर्ने देशका नागरिकलाई अब फर्किने बेलामा रिफन्ड गर्ने खालको डिपोजिट रकम राखेर मात्रै भिसा दिने वा यस्तै केही नयाँ व्यवस्था गर्ने तयारी ट्रम्प प्रशासनको रहेको बताइएको छ । 

उनीहरु समयमा नै फर्किउन भनेर त्यसो गर्न लागिएको जनाइएको छ । ट्रम्पले उनका दुई जना वरिष्ठ अधिकारीलाई यस सम्बन्धी छुट्टै जिम्मेवारी समेत दिएको बताइएको छ । एक जना स्टेफन मिल्लर छन् भने अर्का जारेड कुश्नर छन् । कुश्नर ट्रम्पका ज्वाईं पनि हुन् । 

सो समूहले कानुनी रुपमा आप्रवासीलाई बढाउने नीति के हुन सक्छ भन्ने बारेमा समेत छलफल गर्न सक्ने बताइएको छ । तर, भिसा लटरी वा परिवारमा आधारित भिसा भने रोकिने सम्भावना पनि रहेको ह्वाइटहाउस निकट स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । 

ट्रम्प प्रशासनले ‘चेन माइग्रेसन’लाई रोक्ने नीति समेत ल्याउन लागेको बताइएको छ  । त्यो भनेको परिवारको माध्यम वा सम्पर्कबाट अन्य व्यक्तिहरु अमेरिका प्रवेश गर्ने व्यवस्था हो । 

राष्ट्रपति ट्रम्पले सोमबार यस सम्बन्धी मेमोमा हस्ताक्षर गरेर गृह सुरक्षा मन्त्रालय र विदेश मन्त्रालयलाई जिम्मेवारी दिएका थिए । अमेरिकी रेकर्डमा सन् २०१८ मा २ लाख ७८ हजार विदेशीले अमेरिकाको लफुल पर्मानेन्ट रेसिडेन्ट (एलपीआर) पाएका छन् सो सुविधा पाउनेमा नेपालीको संख्या ८ हजार ७५० रहेको पाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC