site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफलाई क्रिकेटको उपाधी
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाँकेमा जारी आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत क्रिकेटतर्फ एपीएफले बाजी मारेको छ । बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजीत गर्दै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो । त्यसैगरी महिला विधामासमेत एपीएफले बाजी मारेको छ ।

कोहलपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङमा उत्रिएको एपिएफले पहिलो पारीमा १ सय १० रन जोड्न सफल भएको थियो । अनुभवी खेलाडीहरुको वर्चश्व रहेको एपीएफमा नयाँ खेलाडीहरुको प्रस्तुती उल्लेखनीय रह्यो । टिमका लागि अनिल शाहाले चार चौकाको मद्दतले सर्वाधिक ३१ रन जोडेका थिए । शंकर रानाले २३ रन जोडे । राष्ट्रिय टिमका प्रभावशाली खेलाडी शरद भेषवाकरले ९ रन जोड्दा भुवन कार्कीले ११ रन जोडेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बसन्त रेग्मीको नेतृत्वमा उत्रिएको एपीएफलाई रोक्ने क्रममा नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले ३ विकेट लिएका थिए भने सागर ढकालले २ तथा
दिपेन्द्र सिंह ऐरी र मंजित श्रेष्ठले समान १-१ विकेट लिए । 

१ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लव ७८ रनमै समेटियो । सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले १५ रन जोडे पनि अन्य खेलाडीहरु क्रिजमा जम्न सकेनन् । 
सुरुवाती ओभरमै धर्मराएको पुलीसलाई कप्तान मंजित श्रेष्ठले लयमा ल्याउने प्रयास गरेका थिए । श्रेष्ठले ३६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । पुलीसलाई दबाबमा राख्ने क्रममा एपीएफका बलर कमलसिंह ऐरीले ३ विकेट लिएका थिए भने एपीएफका कप्तान बसन्त रेग्मी र सरद भेषवाकरले समान २-२ विकेट लिएका थिए ।

Global Ime bank

त्यसैगरी भुवन कार्की र अमरसिंह रौटेलले समान १-१ विकेट लिए । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाली, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सन्जु चौधरी लगायतले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC