site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरुष फुटबलमा आर्मी च्याम्पियन 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली आर्मी च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
आर्मीको जितका लागि विकास तामाङले खेलको एकमात्र निर्णायक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा विकासले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले कप्तान भरत खवासको कर्नर प्रहारमा उत्कृष्ट हेडर गोल गरेका हुन् । त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल हुन नसक्दा आर्मी १–० ले विजयी भएको हो । खेलको इन्जुरी समयमा कप्तान भरतको पासमा नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्कियो ।

यसअघि ११ औं मिनेटमा पुलिसका रभी पासवानले डि बक्सको नजिकैबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाउ गरे । त्यस्तै १२ औं मिनेटमा सुमन लामाले गरेको प्रहार गोलपोष्ट माथिबाट बहिरियो । २५ औं मिनेटमा दीप लामाको पासमा कप्तान भरत खवासको हेडर आकासियो ।

३७ औं मिनेटमा कप्तान भरतले पोष्ट अजिकैबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले सहजै बचाउँदा सुरुवाती अग्रता लिनबाट चुकेका थिए । ५४ औं मिनेटमा सन्तोष तमाङको कर्नर प्रहारामा विकास तमाङको हेडर प्रहार क्रसबार माथिबाट बाहिरीयो । ६१ औं मिनेटमा निरकुमार राईको पासमा सुमन लामाले बललाई अगाडि बढाउन खोज्दा दुबोमा चिप्लेर अनियन्त्रित भएको बललाई आर्मीका गोलरक्षक बिकेसले सहजै बचाएका थिए । ६७ औं मिनेटमा तेज तामाङ्ले दिएको पासमा निरले वन भर्सेज वनमा पोष्ट नजिकैबाट गरेको प्रहार बिकेसले उत्कृष्ट बचाउ गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC