site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
घलेगाउँलाई जस्तापाता किन्न प्रदेश सरकारको २९ लाख
Sarbottam CementSarbottam Cement

पोखरा । लमजुङको पर्यटकीय गाउँ घलेगाउँलाई रातो जस्तापाता किन्न गण्डकी प्रदेश सरकारले २९ लाख रुपैयाँ दिने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार पर्यटन प्रवद्र्धन गर्न भन्दै उक्त रकम दिइने भएको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ५० प्रतिशत अनुदान दिने गरी २९ लाख २७ हजार रुपैयाँ दिने भएको बताए । “एउटै रंगको गाउँ बनाउन सरकारले सहयोग गर्ने भएको हो,” उनले भने । घलेगाउँका अहिले गुरुङ बसोबास रहेको ८० र दलित बसोबास रहेको ४५ गरी १२५ वटा घर छन् । कालो जस्ताले छाइएका यी घरहरुमा रातो जस्ता लगाउन सरकारले सहयोग गर्ने निर्णय गरेको हो । घलेगाउँ क्होलासोथर गाउँपालिका ३ मा पर्दछ । गाउँपालिकाका अध्यक्ष प्रेम घलेले घलेगाउँलाई रातो जस्ताले रंग्याउन ७५ लाख खर्च लाग्ने जनाए । उनले भने, “सके यही चालु आर्थिक वर्षमा नसके अर्को वर्षभित्र सबै घरहरु जस्ताले छाउनेछौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो त यो वडामा मात्र कुल २ सय ५५ घरहरु छन् । प्रायः घरहरु थरिथरिका ढुंगाले छाइएका छन् । गत असारमा गाउँसभाले पारित गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यो योजना समेटिएको घलेको भनाइ छ । “हामीले गाउँसभाबाटै पारित गराएका हौँ, सके यो वर्ष नसके अर्को वर्ष ढुंगाको छाना हटाएर रातो जस्ताले छाना छाउनेछौँ,” उनले भने । दुईवटा छाना हुने घरमा चाहिँ यो वर्ष एउटा छानामात्र परिवर्तन गरिनेछ ।

यस्तै, मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने गरी दमौली र बाग्लुङमा सडक डिभिजन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यसअघि यी दुवै कार्यालय संघ सरकारको मातहतमा थिए । दुवै कार्यालयमा ३६–३६ जना कर्मचारीको दरबन्दी रहनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC