site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा मुस्लिम समुदाय त्रसित, भन्छन्– हामी कसैका शत्रु होइनौं 
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बोमा भएको ऋंखलावद्ध बम विष्फोटपछि मोहम्मद हसन घरबाट बाहिर निस्केका छैनन् । विष्फोटपछि उत्पन्न तनावको वातावरणमा मुस्लिम भएकै कारण आफूमाथि आक्रमण हुन सक्ने उनमा त्रास छ । ४१ वर्षीय हसन प्रिन्टिङ प्रेसमा नोकरी गर्छन् । तर, उनको परिवार उनलाई घरमै बस्न भनिरहेको छ ।  

डेमाटागोडास्थित जुम्मा मस्जिदमा नमाजका लागि आएका हसनले भने, ‘‘मेरो परिवारलाई म बाहिर निस्कँदा घर फिर्ता हुन्छु कि हुन्न भन्ने डर छ ।’’ गत आइतबार क्रिश्चियन धर्मावलम्बीले ‘ईस्टर सण्डे’ पर्व मनाइरहेका बेला श्रीलंकाका चर्च र तारे होटलहरुमा श्रृंखलावद्ध रुपमा आठ वटा बम विष्फोट भएका थिए । आक्रमणमा परी मृत्यु हुनेको संख्या तीन सय ५९ पुगिसकेको छ । पाँच सयभन्दा बढी घाइते भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुस्लिम समुदायका आर एफ अमीरले आफूहरुलाई सुरक्षा चाहिएको बताए । उनले भने, ‘‘हामी अत्यन्तै डराएका छौं । किनकी जसले पनि हामीलाई टोपी लगाएको देख्दा आफ्नो शत्रु सम्झिन्छ । हामी सबैलाई भन्न चाहन्छौं कि हामी कसैका शत्रु होइनौं । यो हाम्रो मातृभूमि हो ।’’  घटनाको मुस्लिम समुदायले पनि निन्दा गरिरहेको छ । तर, मुस्लिम समुदायको ठूलो हिस्सा अहिले पनि डराएको छ । ६० वर्षीय जरीना बेगमले ‘ईस्टर सण्डे’ पछि आफूले सुत्नै नसकेको बताएकी छिन् । गैरमुस्लिम समुदाय मुस्लिम समुदायसँग अत्यन्तै आक्रोशित छ भन्ने बारेमा आफू जानकार रहेको उनको भनाइ छ । 

आक्रमणप्रति आक्रोशित गमजदा बेगम भनिछन्, ‘‘आतंकवादीहरुले आमाको काखमा खेल्दै गरेका बालबालिकालाई पनि छोडेनन् । उनीहरुको मस्तिष्कमा यति घृणा पालिएको रहेछ भन्ने बारेमा म कल्पना पनि गर्न सक्दिन । घृणाको अन्त्य कहिल्यै पनि घृणाबाट गर्न सकिँदैन ।’’ आक्रमणपछि आफ्नो समुदायका सबै मानिसहरु डरले घरबाट बाहिर जान नसकेको उनले बताइन् । 

Global Ime bank

श्रीलंकाको झण्डै २.१ करोड जनसंख्यामा सिंहाली बौद्ध बहुसंख्यकमा पर्दछन् । त्यसपछि श्रीलंकामा हिन्दू धर्मावलमबीको संख्या दोस्रो नम्बरमा पर्दछ । मुस्लिम धर्मावलम्बीहरुको संख्या १० प्रतिशत आसपास रहेको छ । त्यस्तै श्रीलंकामा झण्डै सात प्रतिशत ईसाइहरु छन् ।  

नवभारतथ टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC