site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्‍चनपुरको दलित बस्तीमा खानेपानी योजनाको शिलान्यास
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । भीमदत्त नगरपालिका- १० श्रीलंका टोलमा खानेपानी योजनाको शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले श्रीलंका खानेपानी उपभोक्ता तथा सरसफाई योजनाको शिलान्यास गरेका हुन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीसित खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सम्झौता गरिएपछि योजनाको औपचारिक रुपमा शिलान्यास गरिएको छ ।
श्रीलंका टोल सहित वरपरका ६० घरधुरीका वासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउन योजना सञ्चालन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा नगर प्रमुख विष्टले योजनाबाट लक्षित घरधुरीमा शुद्ध खानेपानी पुगाउन नगरपालिकाबाट सक्दो सहयोग हुने बताए । " यो विपन्न वस्ती हो, बाढी आएको बेला ज्यान जोगाउन अप्ठेरो थियो, गाउँलेको माग अनुसार खोला कल्भर्ट हालिएको छ, पानीको समस्या छ, त्यसका लागि गत सालदेखि पहल गर्दै आएका थियौ, अहिले योजनाको शिलान्यास गरिएको छ" उनले भने, "यो योजना सम्पन्न गर्न नगरपालिका पूर्ण रुपमा सहयोग गर्ने वचनवद्धता गर्दछ ।"

स्थानीय तह निर्वाचनका क्रममा गरिएका प्रतिवद्धता अनुसार नगर प्रमुख विष्टले गत वर्ष स्थानीयलाई बाढीको समय आउजाउका लागि रेडक्रस सोसाइटीसित साझेदारी गरी कल्भर्ट निर्माण गरेका थिए । कल्भर्टसम्म पुग्ने बाटो ग्राभेलिङ्गका लागि बाटोको सीमा यकिन गर्न स्थानीयसित छलफल थालिएको छ ।

Global Ime bank

नगर प्रमुख विष्टले खानेपानी योजना सञ्चालनपछि विपन्न वस्तीका वासिन्दालाई शुद्ध पानी उपलब्ध भएर पानीजन्य रोगको खतरा हटेर जाने बताए । "फोहर दुषित पानीबाट रोगको संक्रमण फैलिन्छ, शुद्ध पानीले त्यसलाई हटाउँछ", उनले भने । 

खानेपानी योजना सञ्चालनका क्रममा योजना विरुद्ध विभिन्न अपवाह फैलाएको उल्लेख गर्दै उनले विकासका लागि अफवाह फैलिनु दुःखद भएको बताए । "खानेपानी योजना बनेपछि हेण्डपम्प र पानीका मूहान सुक्ने अफवाह फैलाइयो" उनले भने, "यो राम्रो होइन्, यसले विकासलाई प्रभावित पार्छ, यसो गरिनु दुःखद हो ।"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC