site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको दोस्रो जित, मलेशिया ३९ रनले पराजित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार जित निकालेको छ । मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । 
१ सय ४२ रनको लक्ष्य पच्छाएको मलेशिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा  अलआउट भएपछि नेपालले सहज जित निकालेको छ । मलेशियाका लागि सरभिन सरेन्द्रनले सर्वाधिक ४६ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । वान अहेमदले १७ रन बनाउँदा किसन कुमार ११ रनमा आउट भएका थिए । नेपालको कसिलो बलिङसामु मलेशियाका ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । 
नेपालका प्रशान्त महत,रमेश कुर्मी,तिलक राज भण्डारीले समान २–२ विकेट लिए । निखिल कुमार सिहं र प्रशान्त सिहंको नाममा १–१ विकेट रह्यो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३४ दशमलब ५ ओभरमा अल आउट हुँदै १ सय ४१ रन बनाएको थियो । नेपालका लागि आईश भट्टराईले ३४ रन बनाउँदा दिपक बोहोरा र अर्जुन कुमालले १६ –१६ रन बनाएका थिए । 
कप्तान विशाल बिक्रम केसीले २८ रन बनाउँदा निखिल कुमार सिंहले १२, सुबास ऐर ११ रन जोडे । रोहन दुधराजले ८ ,प्रशान्त सिंहले ६ तथा तिलक राज भण्डारीले २ रन बनाएका थिए । मलेसियाका सिद्धार्थ कार्तिकले सर्वाधिक ४ विकेट लिदाँ लोकमान नुर र सचिनुले २–२ विकेट लिए । 
यसअघि नेपालले पहिलो खेलमा म्यानमारबिरुद्ध ७ विकेटको जित निकालेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC