site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किन अलपत्र पर्छन् करोडौंका चलचित्र ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत वर्ष भदौमा हल्ला चल्यो– कुनै बेलाकी पोर्नस्टार सन्नी लियोनी नेपाली चलचित्रमा अभिनय गर्दैछिन् । त्यो हल्लामात्रै थिएन, त्यसमा केही सत्यता पनि थियो । चलचित्रको नाम थियो, ‘पासवर्ड’ । सम्राट बस्नेतले निर्देशन गर्ने भनिएको चलचित्रमा सन्नीले अभिनय भने गर्दै थिइनन्, एउटा आइटम गीतमा डान्समात्रै गर्दै थिइन् । सन्नीले त्यसका लागि ८० लाख नेपाली रुपैयाँ लिएकी बताइएको थियो । 

९८ प्रतिशत छायांकन बेलायतमा हुने भनिएको ‘पासवर्ड’ ले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा समेट्ने बताइएको थियो । सस्पेन्स, एक्सन र थ्रीलर जानरामा निर्माण हुने भनिएको चलचित्रमा सन्नीसँगै विक्की जोशी तथा नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, विन्द्रा झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य भूमिकामा अनुबन्ध भएका थिए । 

चलचित्र निर्माणका लागि ३० करोड रुपैयाँ बजेट छुट्याइएको निर्माण पक्षको दाबी थियो । अमित बस्नेत र हिरल जोशी निर्माता थिए । जनवरी २०१९ मा नेपाल रिलिज गर्ने लक्ष्य राखिएको थियो । तर यो चलचित्र  बीचमै अलपत्र पर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली चलचित्रमा सन्नी लियोनी, ८० लाख पारिश्रमिक

अघिल्लो वर्ष माघ ११ गते चलचित्र ‘रानी महल’ निर्माणको घोषणा गरियो । राजधानीमा तामझामका साथ घोषणा गरिएको उक्त समारोहमा नै शुभ साइत पनि भयो । त्यही कार्यक्रममा मुहुर्त दृश्य पनि खिचियो । 

प्रेम, मित्रता तथा पुत्र मोहको विषय समेट्ने चलचित्र ‘रानी महल’ का निर्देशक हिमाल न्यौपाने थिए । डेढ करोड लगानी अनुमान गरेर सुरु गरिएको चलचित्रको ४५ दिनको सुटिङ सेड्युल थियो । छायांकान बुटवल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौंमा गर्ने कार्यक्रम थियो । 

Global Ime bank

चलचित्रमा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, बिएस राना, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेल मुख्य भूमिकामा थिए । पछि वर्षाले चलचित्रबाट हात झिकिन् । पूर्व मिस नेपाल निकिता चाण्डक प्रवेश गरिन् । चाण्डकको यो डेब्यू मुभी थियो । 

उनले प्रवेश पाएपछि चलचित्रले राम्रो हाइप बटुल्न थालिसकेको थियो । तर चलचित्र बीचमै रोकियो, अलपत्र पर्‍यो । निकिताको पहिलो चलचित्र ‘रानी महल’ हुने भएन । उनी अहिले विराज भट्टको ‘साङ्लो’ मा अनुबन्ध भएकी छन् । 

चलचित्र ‘रानीमहल’ निर्माणको घोषणा

गत वर्ष जेठमा नायक शिव श्रेष्ठले चलचित्र निर्माणको घोषणा गरे । नाम थियो ‘एउटा यस्तो प्रेम कहानी’ । उक्त चलचित्रमार्फत् शिवले आफ्ना छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराउँदै थिए । 
‘एउटा यस्तो प्रेम कहानी’ मार्फत् नै नायिका करिष्मा मानन्धरकी छोरी कविता मानन्धर पनि डेब्यू गर्दै थिइन् । अमेरिकामा पढ्दै गरेकी कविता यही चलचित्रका लागि भनेर अहिले पनि नेपालमै छिन् । निर्माण पक्षले अर्को हप्ता अर्को हप्ता भन्दै कवितालाई अमेरिका जान दिएको छैन । अहिले कविता यही चलचित्रका लागि भनेर आफ्नो तौल घटाइरहेकी छन् । 

‘एउटा यस्तो प्रेम कहानी’को टिजरसमेत सार्वजनिक भइसकेको थियो । तर अहिले चलचित्र बीचमै अलपत्र परेको छ । दिपेश सापकोटाले निर्देशन गर्ने भनिएको चलचित्रमा आयुष्मान देशराज जोशी, संजोग राणा, प्रियंका कार्की, वर्षा राउत, शिव श्रेष्ठ, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मालगायतका कलाकार अनुबन्ध भएका थिए । 

करिष्मालाई शिव श्रेष्ठले दिए ‘सरप्राइज’–छोरी कवितालाई चलचित्र

२०७५ मा छायांकन सुरु भएर निर्माण हुन नसकेका र चर्चा पाएका तीन चलचित्र हुन् यी । बर्सेनि यस्ता दर्जनभन्दा बढी चलचित्र छायांकनमा गइसकेपछि बीचमै अलपत्र पर्दै आएका छन् । चलचित्र उद्योग र यसको बजार नबुझेका व्यक्ति अरुको लहैलहैमा निर्माण क्षेत्रमा आउने तर वास्तविकता थाहा पाएपछि बीचमै हात झिक्ने गरेका छन् । अधिकांश निर्माता एनआरएन हुने र चर्चाको अपेक्षाले आउने तर वास्तविकता थाहा पाएपछि फर्किने गरेको बताइन्छ । 

“एक्स्पोजर खोज्ने क्रममा एनआरएन तथा नेपालमै रहेर पनि चलचित्र नबुझेका व्यक्तिहरु चलचित्र निर्माणमा आइरहेका छन् । उनीहरुलाई यहाँका निर्माता तथा निर्देशकले सुरुमा चलचित्र निर्माणका लागि लाग्ने बजेट भन्दैनन्,” निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्मा भन्छन्, “डेढ करोडमा बनाउने भनेको चलचित्रमा यहाँको निर्माताले आफू ५० लाख लगानी गर्छु भने पनि उसले नयाँ निर्माताले निकालेको एक करोडमै चलचित्र बनाएर त्यसमै आफ्नो पनि लगानी हत्याउन खोजिरहेको हुन्छ । निर्माण गर्दै जाँदा बजेट पुग्दैन । नयाँ निर्माताले पनि आफू फस्दै गएको थाहा पाउँछ । बजारको अवस्था थाहा पाउँछ र ऊ बीचमै फर्किन्छ ।”

निर्देशक नरेशकुमार केसीको भनाइ पनि शर्माको सँग मिल्छ, “चलचित्र नबुझेका व्यक्तिहरु निर्माणमा आइपुगेका हुन्छन् । उनीहरुलाई चलचित्रका लागि कति खर्च लाग्छ भन्ने थाहा हुँदैन । सुरुमा उनीहरुलाई कलाकार र निर्देशकको पारिश्रमिक र क्याटरिङको खर्चमात्रै देखाइन्छ । तर, अरु नदेखिने खर्च निकै हुन्छ । त्यसैले भनिएकोभन्दा खर्च अत्यधिक बढ्ने तर रिटर्न नआउने भएपछि निर्माताहरु बीचैमा छोडेर जान्छन् ।”

चलचित्रमा अनुमान गरिएकोभन्दा १५–२० प्रतिशत लागत बढ्नुलाई सामान्य मानिन्छ । तर त्योभन्दा माथि लागत जानुलाई भने प्रोडक्सन म्यानेजमेन्टको कमजोरी मानिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC